८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री आज भियतनाम जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय विदेश भ्रमणका लागि आज (बिहीबार) भियतनाम प्रस्थान गर्दैछन्। उनी भियतनामका प्रधानमन्त्री न्याङगेन सुआन फुकको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्।

वैशाख ३० गतेसम्म हुने भ्रमणका क्रममा उनले वैशाखी समारोह र थिंकट्याकको कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणले युद्धको चपेटाबाट उठेर उसले कसरी महŒवपूर्ण आर्थिक उपलब्धि हासिल गर्न सक्यो भन्ने कुरा सिक्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। भियतनामका अधिकांश जनता बौद्धमार्गी भएकाले उनीलाई नेपालमा आकर्षण गर्नका लागि पनि भ्रमणले मद्दत गर्ने सरकारले विश्वास लिएको छ।

प्रधानमन्त्री ओलीले वैशाख ३० देखि अर्काे दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडिया पनि भ्रमण गर्नेछन्। कम्बोडियाली प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा उनी त्यहाँ जान लागेका हुन्। प्रधानमन्त्री हुनले एसिया प्यासिफिक सम्मेलनमा भाग लिन नेपाल आएका बेला प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएका थिए। प्रधानमन्त्री ओली जेठ १ गतेसम्म कम्बोडिया भ्रमण गर्नेछन्। भ्रमणका क्रममा कम्बोडियाले गरेको विकासबारे जानकारी लिने र त्यहाँका बौद्धमार्गीलाई नेपाल भ्रमका लागि आकर्षित गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सल्लाहकार, सांसद, उच्चस्तरीय सरकारी अधिकारी, स्थानीय निकायका प्रतिनिधिलगायतको सहभागी हुने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली जेठ १ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: २६ वैशाख २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App