६ वैशाख २०८१ बिहीबार
राजनीति

न्यायाधीशविरुद्धको रिट खारेज

काठमाडौं – सर्वोच्च अदालतले आफ्नै नवनियुक्त न्यायाधीश मनोजकुमार शर्मा अयोग्य रहेको दाबीसहित परेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश शर्मालाई न्याय सम्पादनको कामकाजमा नलगाउनु भन्दै अन्तरिम आदेश माग दाबी गरेको रिट निवेदन मंगलबार खारेज भएको हो।

न्यायाधीशमा अयोग्य रहेको भन्दै न्याय सम्पादनको काम काजमा नलगाउनु, नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए। सर्वोच्चले पहिलो पेसी राखेकै दिनमा रिट निवेदन खारेज गरेको हो। वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूहरूले बहस गर्ने मुद्दामा न्यायाधीश शर्माको इजलासमा नपार्नसमेत रिट निवेदनमा उल्लेख गरेका थिए।

न्यायाधीश शर्माको योग्यतामाथि नै गम्भीर सवाल उठाउँदै वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले संसदीय सुनुवाइ समितिमा उजुरी गरेको प्रसंग रिट निवेदनमा उल्लेख गरेका थिए।

प्रकाशित: २६ वैशाख २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App