coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकताका बाँकी काम छिट्टै : दाहाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया छिट्टै टुंगामा पुग्ने बताएका छन्। तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ एवं पूर्व संविधानसभा सदस्य सीमा विकलाई बुधबार पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले छिट्टै एकता टुंगोमा पु¥याउने दाबी गरेका हुन्।

पार्टी एकतका बाँकी प्रक्रिया छिटो टुंगो लगाउने विषयमा बुधबार पनि नेताहरूबीच छलफल भएको जानकारी गराउँदै दाहालले नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे। केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव बिष्णुप्रसाद पौडेलले विकलाई अबिर, माला लगाएर पार्टीमा स्वागत गरेका छन्। विक राष्ट्रिय जनमुक्ति पार्टीबाट सभासद् भएकी थिइन्। जनमुक्ति पार्टी फुटेर शिवलाल थापा नेतृत्वमा राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) बनेपछि त्यसमा सहभागी हुदै उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिटो पुरा गर्नुपर्ने बताएका छन्। मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको जीवनीमा आधारित पुस्तक ‘सर्वरत्न’को विमोचन गर्दै दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय सन्देश दिने दिनुपर्ने धारणा राखेका हुन्। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको धारणा उनले राखे। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पद्मरत्न तुलाधरको योगदान महत्वपूर्ण रहेको दाहालले स्मरण गरे।

प्रकाशित: २६ वैशाख २०७६ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App