coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ठूलो माछा समाउन खोज्दा कार्कीलाई महाअभियोग :राउत

काठमाडौं–संघीय समाजवादी फोरम नेपाल अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको विपक्षमा देखिएको छ।  फोरम नेपालले अख्तियारले भ्रष्टाचारीलाई कारवाही गर्न खोज्दा प्रतिशोध स्वरुप महाअभियोग प्रस्ताव दर्ता गराइएको आरोप लगाएको छ। 

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले अख्तियारले ठूलो माछा समात्न खोज्दा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाए। ‘पहिला अख्तियारले ठूलो माछा समाएन भनेर आलोचना हुन्थ्यो,’ राउतले नागरिकन्युजसँग भने,‘अहिले अख्तियारले केपी ओलीजस्तो ठूलो माछा समाउन खोज्दा महाअभियोग प्रस्ताव आएको हो।’
पहिला लोकमानलाई अख्तियार प्रमुख बनाउँदा पनि आफूहरुसँग कुनै सल्लाह नगरिएको र अहिले महाअभियोग दर्ता गराउँदासमेत छलफल नगरेको भन्दै राउतले भ्रष्टाचारीलाई कारवाही गर्न खोज्दा महाअभियोग प्रस्ताव दर्ता हुनु अनुचित भएको बताए। संविधान कार्यान्वयन गर्ने बेलामा महाअभियोगको प्रस्ताव ल्याएर प्रमुख तीन दलले मुख्य मुद्दा ओझेलमा पार्न खोजेको उनको भनाइ थियो।

 

प्रकाशित: ७ कार्तिक २०७३ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App