४ वैशाख २०८१ मंगलबार
समाज

पतिले निर्घात कुटेपछि अस्पताल भर्ना

भक्तपुर - श्रीमानको कुटाइबाट भक्तपुर नगरपालिका १० की २७ वर्षीया अर्पणा लवजू (जरेजू) अस्पताल भर्ना भएकी छन्। उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ।

उनलाई मंगलबार साँझ साढे पाँच बजे कोठा थुनेर ३२ वर्षीय मनिषले कुटपिट गरेको स्थानीयले बताएका छन्। सुरुमा भक्तपुर अस्पताल लगिएकोमा त्यहाँंबाट रिफर गरी मध्यपुर अस्पताल लगिएको हो।

कुटपिटपछि पतिमाथि कारबाहीको माग राखी महानगरीय प्रहरी परिसर भक्तपुरमा निवेदन दिइएको छ।

प्रकाशित: २५ वैशाख २०७६ १५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App