६ वैशाख २०८१ बिहीबार
राजनीति

अबको चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ–केसी

एक महिने राष्ट्रिय जागरण अभियान शुरुवात कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसी। तस्बिरः नागरिक

मकवानपुर– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिष्टहरुको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस’ एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

‘जनताको घर–घर पुगेर उनीहरुको कुरा सुन्नुहोस् र हाम्रो कुरा भन्नुहोस्,’ उनले भने, ‘कम्युनिष्टहरुको शासनबाट नेपाली जनता वाक्क भइसके, आगामी चुनावमा कांग्रेस पहिलो पार्टी हुन कसैले रोक्न सक्दैन।’

अभियानका क्रममा नेता कार्यकर्तालाई जनतामाझ कम्युनिष्ट सरकारका गलत कार्यको भण्डाफोर गर्न निर्देशन दिदैं उनले कांग्रेसको आगामी योजनाबारे जनतालाई सचेत गराउन आग्रह गरे। ‘एक महिना देश र जनताका लागि मनैदेखि काम गर्नुहोस्, प्रतिफल अवश्य आउनेछ’, उनले भने।

अभियान अन्तरगत नेपाली कांग्रेस मकवानपुरले नेता, कार्यकर्ताको जिल्ला भेला गरेर अभियान सुरुवात गरेको हो। जागरण अभियान अन्तर्गत कांग्रेस मकवनानपुरको भातृ संघसंस्थाका जिल्ला समितिहरुले आफ्नो वर्ग र मुद्धालाई समेटी कार्यक्रम गर्ने, वैशाख २७ गते शुभेच्छुक संस्थाहरुले आफ्ना पेशागत मुद्धाहरुलाई समेटेर कार्यक्रम गर्ने कांग्रेस सभापति इन्द्रबहादुर बानियाँले बताए।

त्यस्तै, जेठ ३ गते कैलाश गाउँपालिका १० नामटारमा, जेठ ६ गते क्षेत्र नम्बर २ को थाहा नगरपालिकामा, जेठ ११ गते हेटौंडा उपमहानगरपालिकामा, जेठ १५ गते हेटौंडा १८ हर्नामाडीमा, जेठ १८ गते हेटौंडा ३ मा कार्यक्रम गर्ने जनाईएको छ।

प्रकाशित: २५ वैशाख २०७६ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App