विकलाई नेकपामा भित्र्याउँदै दाहालले भने– केहि दिनभित्रै बाँकी एकता टुंगिन्छ

बुधबार, २५ बैशाख २०७६, १७ : ४६ नागरिक

काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य सिमा विक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छिन्। बुधबार नेकपा मुख्यालय धुम्बाराहिमा एक कार्यक्रमबीच विक नेकपामा प्रवेश गरेकी हुन्। नयाँ शक्तिले केहि दिनअघि संघीय समाजवादी फोरमसँग एकता गरेपछि विक असन्तुष्ट रहेकी थिइन्।

नेकपाको राम्रो एजेन्डा देखेर आएको विकले बताइन्। बिकका अनुसार पहिलादेखि नै नेकपामा आउन उत्सुख गरेको बताएकी छिन्। उनले केहि समयपछि आफ्ना कार्यकर्ताहरु पनि प्रवेश गर्ने दाबी गरेकी छिन्।

विकलाई नेकपामा भित्र्याउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने ‘तल्लो कमिटीको एकता प्रक्रिया ढिलो हुँदा के हो, के हो भन्ने भयो। तर केहि दिनअघि मात्रै जिल्ला कमिटीको नेतृत्व टुंगियो अब केहि दिनभित्रमा अरु पनि टुंगिन्छ।’ पोलिटब्युरो गठन, कार्यविभाजन र जनवर्गीय संगठनको एकताको अन्तिम बिन्दुमा पुगेको दाहालले बताए। दाहाले कार्यक्रममा भने ‘अब केहि दिनभित्रै तपाइँहरुले लेख्न, छाप्न र प्रचार गर्न पाउनुहुन्छ।’

त्यस्तै सरकारको नीति कार्यक्रम हिजो मात्रै पारित भएको बताउँदै उनले बजेटको तयारी भइरहेको बताए। यो पटक जनताले चाहे जस्तै बजेटको तयारी भइरहेको उनले बताए।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad