coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जुम्बाका फाइदा

छिरिङ लामा
जुम्बा इन्स्ट्रक्टर

जुम्बा एक किसिमको डान्स हो। जुम्बा गर्दा शरीरको राम्रो व्यायाम हुन्छ। जुम्बा गर्नुभन्दाअगाडि हल्का वाम अप गरिन्छ। हल्का वाम अप गर्दा शरीर तात्छ। वाम अपमा हात–खुट्टा तथा जिउ मर्काइन्छ। तन्याक तुनुक पारिन्छ। तताइन्छ।

जिउ हल्का तातेपछि अब जुम्बा डान्स गरिन्छ। जुम्बामा कार्डियो डान्स पनि गरिन्छ। कार्डियो हाइटेन्सी जुम्बा गरिन्छ। जुम्बामा सामान्यतः चार किसिमका आधारभूत व्यायाम तथा डान्स गरिन्छ। आधारभूत व्यायाममा रेकटोन, म्यारङ्गी, साल्सा तथा कुम्बियाजस्ता डान्सका स्टेप गरिन्छ।

जुम्बाका फाइदा
जुम्बा गर्दा शरीरका मांशपेशी मजबुत हुनुका साथै शारीरिक फिटनेस हुन्छ। शारीरिक फिटनेसका लागि पनि जुम्बा आवश्यक छ। जुम्बा गर्नाले शरीरका मांशपेशी मजबुत हुन्छन्। शरीरमा भएको मोटोपना घट्छ। पूरै शरीरको व्यायाम हुनाले हड्डीसमेत मजबुत हुन्छ। जुम्बा गर्दा मज्जाले नाचिन्छ। पूरै शरीर चल्छ। जसको कारणले शरीर लचकदार मात्रै हुँदैन शरीरमा रक्तसञ्चार पनि राम्रो हुन्छ। शरीरमा रक्तसञ्चार राम्रो भएपछि आवश्यक खाद्यतत्व शरीरमा राम्रोसँग पुग्न सहयोग हुन्छ।

शरीरिक सुन्दरता राम्रो हुने भएकाले पछिल्लो समय जुम्बा डान्स गर्नेको संख्या बढिरहेको छ। नियमित जुम्बा डान्स गर्ने व्यक्तिको अनुहारमा पनि चमक आउँछ। पसिनाको माध्यमबाट शरीरमा भएका विकारवस्तु बाहिर जाने भएकाले अनुहार तथा छालामा चमक आउँछ। छाला चम्बिलो हुन्छ। जसले सुन्दरतामा सहयोग हुन्छ।

जुम्बा डान्स गीत—संगीतको धुनमा नाच्ने भएकाले आनन्द पनि हुन्छ। रमाइलो हुन्छ। रमाइलोले मनै आनन्दित हुन्छ। मनै आनन्द भएपछि तनाव कम हुन्छ। तनाव कम भएपछि व्यक्ति मानसिक रुपमा पनि फ्रेस हुन्छ।

दैनिक एक घण्टा जुम्बा डान्स गर्ने मानिसको ६ सयदेखि एक हजारको हाराहारीमा क्यालोरी घट्ने विश्वास गरिन्छ। त्यसैले स्वास्थ्यका हिसाबले दैनिक एक घण्टा नाच्नु उपयोगी हुन्छ। जुम्बा डान्स गर्दा मोटोपना त घट्ने नै भयो । शरीर पनि फिट रहन्छ।

जुम्बा गर्नाले डान्स गर्ने सीपको विकास हुन्छ। विवाह, भोज तथा पाटीमा जाँदा पनि व्यक्ति फिट र सुन्दर देखिन्छ। हिनताबोध हुँदैन। आत्मविश्वास बढ्छ। शरीर टिप टप हुन सहयोग हुन्छ। जसले व्यक्तिको व्यक्तित्व नै वृद्धि हुन्छ।

उमेरले छेक्दैन
दुब्लो पातलो सबै व्यक्तिले जुम्बा डान्स गर्न मिल्छ। दुब्लो व्यक्तिले पनि जुम्बा गरेर स्वस्थ रहन सकिन्छ। यो डान्स गर्न कुनै उमेर समूहले छेक्दैन। बालबालिकादेखि बुढा पाकासम्मले पनि यो किसिमको डान्स  गर्न सकिन्छ। सामान्यतः जुम्बा डान्स गर्न १७ देखि ५० वर्ष उमेर समूहका व्यक्ति नै बढी आकर्षित भएको देखिन्छ। कुुनै किसिमका रोग भएका व्यक्तिले भने चिकित्सकको सल्लाहमा मात्रै जुम्बा गर्नु उपयुक्त हुन्छ।

महिलाको तुलनामा पुरुषले कमै जुम्बा डान्स गरेको देखिन्छ। पुरुषहरु महिलाको तुलनामा नाच्न, कम्मर हल्लाउन लजाउने गरेको देखिन्छ। महिलाको तुलनामा पुरुष अप्ठेरो मान्छन्। पछिल्लो समय महिला भने जुम्बा डान्समा निक्कै आकर्षित भएको देखिन्छ।

बिहान—बेलुका राम्रो
जुम्बा डान्स जुन समयमा पनि गर्न सकिन्छ। यही समय भन्ने हुँदैन। तर सामान्यतः विहान वा बेलुकाको समयमा जुम्बा डान्स गर्दा राम्रो हुन्छ। बिहान डान्स गर्दा दिनभरि फ्रेस हुन सकिन्छ। शरीर सक्रिय भइरहन्छ। दिनभरि शरीर फूर्तिलो हुन्छ। बेलुकाको समयमा डान्स गर्दा आनन्दले निद्रा लाग्छ।

जुम्बा डान्स गर्नुभन्दा करिब दुई घण्टाअघि खाना खाएको राम्रो। व्यायाम गर्ने समयमा खाना खाँदा भमिटिङ हुने जोखिम हुन्छ। जुम्बा गर्नुअघि पानी भने पिउनु पर्छ। जुम्बा गरिसकेपछि पनि पानी पिउनुपर्छ। जुम्बा गर्नुअघि हल्का किसिमका खाना खान भने सकिन्छ। सामान्यतः एक व्यक्तिले जुम्बा डान्स गर्दा मासिक दुई हजार खर्च गर्नुपर्ने हुन्छ।

जुम्बा गर्दा राम्रो तालिम केन्द्रमा गर्नुपर्छ। जुम्बा गर्दा सहज पहिरन तथा सजिलो जुत्ता लगाउनु पर्छ। जुम्बा जानुभन्दा अघि हल्का खाना खानु पर्छ। जुम्बा जानुअघि धेरै मेक अप नगर्दा नै राम्रो हुन्।

स्वस्थ रहन आजकाल जुम्बा गर्ने व्यक्तिको आकर्षण बढिरहेको छ। स्वस्थताका लागि यो उपयोगी छ।
 

प्रकाशित: २५ वैशाख २०७६ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App