७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री राजाभन्दा घमण्डी भए : कांग्रेस नेता राणा

खोटाङ– नेपाली कांग्रेस नेता उदयशम्सेर राणाले वर्तमान प्रधानमन्त्री राजाभन्दा अहम र घमण्डी देखिएको आरोप लगाएका छन्। खोटाङमा बुधबार कांग्रेसको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै कांग्रेस नेता राणाले वर्तमान प्रधानमन्त्री ओली राजाभन्दा अधिनायकवादी बनेको आरोप लगाएका हुन्।

‘राजा वीरेन्द्रमा पनि केपी ओलीको जति अहम र घमण्ड थिएन, राजा महेन्द्रमा पनि यो किसिमको अहम र घमण्ड थिएन,’ राणाले भने, ‘मंगलबार त्यो किसिमको घमण्ड लिएर संसदमा बोलियो। तिमी विपक्षी दल केही होईन, मैले जे भनेँ–भनेँ भन्ने दम्भ देखाइयो।’ नेता राणाले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा कांग्रेस मात्र नभएर दुनियाँ हाँसेको बताए।

केन्द्रिय प्रतिनिधिकारुपमा खोटाङ आएका राणाले सरकारले बुढीगण्डकीको काम बिना प्रतिष्पर्धा चिनियाँ कम्पनीलाई दिएको, ३३ केजी सुन सामसुम पारिएको, वाईडबडीमा भएको अनियमिततामा संलग्नलाई संरक्षण गरिएको बताए। ‘जुन कम्पनीले नेपालकै विभिन्न योजना डुबाईसकेको छ, त्यही कम्पनीलाई बिना प्रतिष्पर्धा बुढीगण्डकीको काम जिम्मा लगाइएको छ, वाईडबडीमा उस्तै समस्या छ,’ पूर्वअर्थ राज्यमन्त्री राणाले भने, ‘३३ किलो सुन कता हरायो ? जनताबाट उठेको कुरालाई सरकारले हाउसमा पनि अत्यान्त हल्का किमिसले लिएको छ।’

नेता राणाले कांग्रेसको नेतृत्वमा मुलुकमा संविधान निर्माण, स्थानीय तहको निर्वाचन लगायतका ऐतिहासिक काम भए पनि जनतालाई बुझाउन नसकिएको बताए। ‘कम्युनिष्टले पित्तललाई सुन बनाएर बेचिरहेको छ, तर कांग्रेसले सुनलाई बेच्न सकेको छैन,’ राणाले भने, ‘कांग्रेसले आफुले गरेका राम्रो कामको प्रचार गर्न सकेन। गुट–उपगुटका समस्या मात्र पव्लिकमा पुर्‍याइयो ।’

प्रकाशित: २५ वैशाख २०७६ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App