७ वैशाख २०८१ शुक्रबार
खेल

आन फुटसलमा शिलापत्र र जनता टिभी प्रि क्वार्टरफाइनलमा

काठमाडौं– नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपालआईस आन फुटसल  टुर्नामेन्टमा  समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार भएको खेलमा गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्र समूहविजेता बन्दै प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो खेलमाशिलापत्रले जनता टिभीलाई ३–१ गोल अन्तरले पराजित गर्दा एबीसी टिभीमाथि ५–० को जित निकाल्न सफल भयो।

यसैगरी शिलापत्रसँग ३–१ ले पराजितभएको जनता टिभीले एबीसीलाई १–० ले पाखलगायो। यसैगरी जनता टिभीलाई पनि गोरखापत्र नखेलेपछि प्रि क्र्वाटरफाइनल पुग्न सहजभयो।

त्यस्तै समूह ‘डी’ बाट वेलकम एडभरटाईजिङ एण्ड मार्केटिङ र मुक्तिनाथ विकास बैंक अन्तिम १६मा पुगे।

मुक्तिनाथविकास वैंकलार्ई ७–१  गोलअन्तरले पराजित गरेको वेलकमले मेडिसिटी अस्पताललाई १–० ले निराश बनाएको थियो। त्यसैगरी अन्तिम खेलमा वेलकमले अभानीमाथि ६–१ गोल अन्तरको जीतनिकाल्दै समूहविजेता बन्न सफलभयो। यसैगरी मुक्तिनाथविकास बैंकले  पहिलो खेलमा वेलकम मिडियासँग पराजित भए पनि दोस्रो खेलमा अभानीमाथि २–० को जीतदर्ता गर्न सफलभयो। तेस्रो खेलमा मेडिसिटी अस्पतालको टिमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६मा पुग्न सफलभयो।

प्रतियोगिताअन्तर्गत विहीबार समूह ‘ए’ र ‘बी’का खेलहरु हुने छन्। समूह ए मा हिचहाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्म सिमेन्ट रहेका छन्।

समूह बी मा भोग एड एण्डइभेन्ट, बराहज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन्।

 

 

प्रकाशित: २५ वैशाख २०७६ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App