८ वैशाख २०८१ शनिबार
समाज

कटारीका अग्नी पीडितलाई नगरपालिकाको राहत

उदयपुर- झण्डै दुई साताअघि आगलागीमा परी घरसहित धनमालको क्षति वेहोर्न पुगेका उदयपुरको कटारी नगरपालिकाका पीडितहरुलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ। गत चैत १गते आगलागीबाट क्षति बेहोर्न बाध्य कटारी नगरपालिका १० बेँसीगाउँका ३ पीडित परिवारलाई नगरपालिकाले ९० हजार रुपैंया राहत स्वरुप सहयोग प्रदान गरेको हो।

आगलागीमा परी घर गोठ र धनमाल गुमाउन पुगेका अग्नी पीडितहरु शेरबहादुर सुनुवार, धनबहादुर सुनुवार र विचारी सुनुवारलाई नगद सहयोग प्रदान गरिएको हो। घर जलेर क्षति वेहोरेका पीडितहरुलाई नगरपालिकामै बोलाएर मेयर ज्ञानेन्द्र श्रेष्ठले मंगलबार दिउँसो राहत रकम वितरण गरेका हुन्।

मेयर श्रेष्ठले पीडितहरु शेरबहादुरलाई ४० हजार, धनबहादुरलाई ३० हजार र विचारीलाई २० हजारनगद राहत प्रदान गरे। राहत वितरण गर्दै मेयर श्रेष्ठले नगरपालिकाको ‘विपदमा नगर अभियान’अन्तर्गत राहत रकम सहयोग गरेको बताए। आगलागीमा परी धनबहादुर र उनका छोरा शेरबहादुरको १० लाख बराबरको क्षति भएको थियो भने विचारीको ८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी प्रतिबेदनले देखाएको छ।

 

प्रकाशित: २५ वैशाख २०७६ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App