coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२० दिनपछि जुम्ला विमानस्थल सञ्चालन

जुम्ला विमानस्थल मर्मतको काम शुरु गरिदैः डिबी/नागरिक

जुम्ला– विमानस्थलको रनवे मर्मतको लागि भन्दै बैशाख ५ गतेदेखि बन्द गरिएको जुम्ला विमानस्थल बुधबारदेखि खुलेको छ। बिमानस्थल खुलेको पहिलो दिनमा समिट एयरको जहाजले नेपालगञ्ज, जुम्ला, नेपालगञ्जका लागि उडान भरेको थियो।

जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा विमानस्थल सञ्चालनमा आइसकेकाले अब यात्रा भरपर्दो र सुरक्षित बन्ने बताउँछन्। उनका अनुसार ६ सय ७५ मिटर रनवेको कालोपत्रेको काम सकिएको हो। बाँकी पार्किंङको काम जहाज चलाउदै कालोपत्रे गर्ने तयारी भईरहेको छ।

विमानस्थल सुरक्षा समितिको आग्रहमा गत कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल मर्मतको काम शुरु भयो। तर अत्याधिक चिसोका कारण कालोपत्रेको काम हुन नसक्ने भएकोले कामबीचमै रोकिएपछि बैशाख ५ गतेदेखि मर्मतको काम शुरु भएको थियो। पहिलो चरणमा झण्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको थियो। बाँकी २ सय ८० मिटर रनवे कालोपत्रको काम यो अवधीमा सकिएको हो। विमानस्थल सुरक्षा समितिले बैशाख ५ देखि २० दिनका लागि बन्द गरेको थियो।

विमानस्थल बन्द हुँदा यात्रुले त सास्ती पाए। तर अब दिनानुदिन जीर्ण बन्दै गइरहेको विमानस्थलको रनवे भरपर्दो र सुरक्षित बन्यो,बिमानस्थल प्रमुख शर्मा भन्छन्, जुम्लाबासीको यात्रा सुरक्षित होस भनेरै मर्मतको क्रममा विमानस्थल बन्द हुन पुग्यो। अब नियमित फ्लाइट हुनेछन्। यात्रा आरामदायी र सुरक्षित हुनेमा विश्वस्त छौं।’

विमानस्थल सुरक्षा समितिले मर्मतका लागि अनुकुल भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणलाई अनुरोध पत्र पठाएपछि यहाँ चल्ने हवाई जहाज र चालकलाई नोटम जारी गरेर विमानस्थल बन्द गर्ने प्राबधान छ। चार करोड ५२ लाख रुपैयाँमा जुम्ला विमानस्थल मर्मत हुुन थालेको हो।

प्रतिकुल मौसम, निर्माण सामाग्री संकलनमा कठिनाई, दक्ष जनशक्तिको अभाव र आवश्यक उपकरणको समस्याले गर्दा समयमै मर्मतको काम अघि बढ्न सकेन्।  एपेक्स पृथ्वी र अमित जेभीले विमानस्थल मर्मतको जिम्मा पाएका थिए। रनवे मर्मतको लागि चाहिने सबै सामाग्री उपलव्ध भइसकाले मर्मतको काम छिटो भएको हो। गुणस्तर जाँच गरेर मात्रै निर्माण सामाग्री प्रयोग भएकोले विमानस्थल मर्मतमा कुुनै शंका नगर्न आग्रह गरिएको छ।

विमानस्थल नियमित रुपमा सञ्चालनमा आएपछि बिरामी र अतिआवश्यक काम परेकाहरु सहजै रुपमा जहाजबाटै जान थालेका हुन्। विमानस्थल बन्द हुदा कर्णाली राजमार्गको यात्रा बाहेकको बिकल्प थिएन्। तिला गाउँपालिका ८ का वडा सदस्य रनबहादुर राना मोटरसाइकल दुर्घटनामा पर्दा कर्णाली मार्गबाटै सुर्खेत अस्पताल सम्म पुर्याउनु परेको थियो।

प्रकाशित: २५ वैशाख २०७६ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App