coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपमेयर खड्कीको गुनासो : महानगरमा झगडा गर्न गए जस्तो भयो

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले आफु महानगरमा झगडा गर्न गएको जस्तो भएको बताएकी छन्। कांग्रेसको जागरण अभियान उद्‍घाटान कार्यक्रममा बोल्दै उनले अन्यायको बिरुद्ध मा लड्न तयार भएको बताइन्। 'बरु राजनीति छाड्छु, न्यायको पक्षमा लड्न छाड्दिन', उनले भनिन्,' हरेक ठाउँमा झगडा गर्नुपर्ने रहेछ। अहिले त्यस्तै भइरहेको छ।' काँग्रेस नेतृत्वमा आएपछि मात्र भ्रष्टचार अन्त्य हुने उनको भनाई छ।

कांग्रेसले पार्टी सुदृढिकरण र सरकार गलत गतिविधिको भण्डाफोर भन्दै जागरण अभियानको घोषणा गरेको छ। हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस नाम दिएको जागरण अभियान भोलीबाट सुरु हुने छ। अभियानको आज सभापति शेरबहादुर देउवाले उद्‍घाटन गरे।

प्रकाशित: २५ वैशाख २०७६ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App