सम्पादकीय

स्वास्थ्य पूर्वाधार, जीवन आधार

बुधबार, २५ बैशाख २०७६, १० : ५७ नागरिक

रोग लागेपछि उपचार गर्नुभन्दा रोकथाममा खर्च गर्नु किफायती हुन्छ। त्यसैले प्रभावकारी सरकारहरूले रोकथामका लागि बढ्ता जोड दिन्छन्। रोग लागिहालेमा उपचारका निम्ति पनि आवश्यक पूर्वाधार बनाउँछन्। संविधानले नै स्वास्थ्यको अधिकारमा समेत जोड दिएको हाम्रो मुलुकले स्वास्थ्य संस्थाको विकास र सुसञ्चालनमा पर्याप्त ध्यान दिनुपर्ने अवस्था छ। जति/जति स्वास्थ्य क्षेत्रमा अध्ययन/अनुसन्धान भइरहेको छ, त्यति/त्यति नै नयाँ/नयाँ किसिमका समस्यामा उपचार गर्नुपर्ने अवस्था पनि छ। हिजोका दिनमा यी सुविधा उपलब्ध नहुँदा मानिसले अकालमै जीवन गुमाउनुपर्ने अवस्था थियो। तर आज पूर्वसावधानी र रोग लागिसकेपछि उचित उपचार पाएका कारण यी समस्याबाट सहजै बाँच्ने अवस्था छ। कुनैबेला क्षय रोग लाग्दा मानिसको बाँच्ने सम्भावना कम हुन्थ्यो। अझ यसलाई ‘राजरोग’ को संज्ञा दिइनुको पछाडि उपचार गर्नै कठिन रहेको अवस्था थियो। तर आज नियमित औषधि र पोषणबाट क्षयरोग लागेका मानिसको सहजै उपचार हुन्छ। कतिपय विकसित मुलुकमा झाडापखाला लाग्नुलाई अस्वाभाविक घटनाका रूपमा लिइन्छ। तर हामीकहाँ अहिले पनि झाडापखालाबाट मानिस मरेका घटना सार्वजनिक भइरहेका छन्। अझ हामी बेलाबेलामा ‘अज्ञात रोग’ बाट मानिस मरेको समाचार बनाइरहेका छौँं। यथार्थमा अज्ञात भनिने कुनै रोग छैनन्। हाम्रा निम्ति अज्ञात भएको कारणचाहिँ ती ठाउँमा चिकित्सकको अभाव हो। अनि लागेको रोगबारे कसैले बताउन नसक्दा ‘अज्ञात रोग’ बाट मृत्यु भन्नुपर्ने अवस्था छ।

हामीकहाँ हालै बर्डफ्लुबाट एक सर्वसाधारणको मृत्यु भएको जानकारी सार्वजनिक भएको छ। सरकारीतवरमै यो जानकारी र यसबाट बच्ने उपायबारे समेत अहिले चर्चा/परिचर्चा भइरहेको छ। हामीलाई यससम्बन्धी जानकारी अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गरेपछि बल्ल थाहा भएको हो। यस्तो विषयमा हाम्रो अध्ययन/अनुसन्धानको दायरा फराकिलो बनाउनेतर्फ अझै ध्यान पुग्न सकेको छैन। हामी हाम्रो मुलुकका अति/विशिष्ठका निम्ति विलासी सेवा/सुविधा दिन सक्षम छौंँ। त्यसका निम्ति हामीलाई हाम्रो मुलुकको साधनस्रोतले पनि रोक्दैन। तर जब स्वास्थ्य क्षेत्रका आधारभूत सेवा/सुविधाको प्रसंग आउँछ त्यसमा सरकारको खासै ध्यान पुग्न सकेको महसुस हुँदैन। वास्तवमा राम्रा प्रयोगशाला बनाउने, रोग र तिनको प्रभावबारे अध्ययन/अनुसन्धान गर्ने परिपाटी बनाउने हो भने असम्भव छैन। अति/विशिष्ठहरूलाई छिसिक्क टाउको दुख्नासाथ विदेशको उपचार सुविधा छ। तिनले आवश्यकता पर्नासाथ जहाँसुकै जानेगरी राज्यकोषबाटै खर्च पनि पाउँछन्। तर आफ्नै देशका स्वास्थ्य संस्थाको क्षमता बढाउनेतर्फ हाम्रो राजनीतिक नेतृत्व र उच्च कर्मचारी संयन्त्रले ध्यान दिएको देखिएको छैन। अन्यथा, एउटा अलि जटिलखालको अनुसन्धानका निम्ति पनि विदेशको मुख ताक्नुपर्ने थिएन। विशेषगरी राजनीतिक नेतृत्वले देशभित्रै उपचार खोज्न थाल्ने हो भने स्वतः यहाँका सेवा/सुविधामा विस्तार हुन थाल्छ। त्यसले प्रत्यक्ष/परोक्षरूपमा सर्वसाधारणलाई समेत फाइदा पुग्छ।

आफ्नो क्षमता बढाउनेतिर ध्यान नदिएका कारण स्वास्थ्य क्षेत्रमा अनेकन जटिलता देखिइरहेका छन्। भर्खरै गंगालाल राष्ट्रिय मुटु केन्द्रमा उपचारका लागि पु-याइएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृतिकुमारी साहलाई दिइएको रगत अर्कै समूहको परेका कारण मृत्यु भएको छ। निःसन्देश यो अस्पतालले नेपालीलाई सुलभ ढंगले मुटु रोगको उपचार दिएको छ। यो एउटा दुर्घटना भएको छ। तर, यस्तो गल्ती पनि नहुने किसिमले स्वास्थ्य संस्थाहरूलाई बलियो बनाउनुपर्ने आवश्यकता यो घटनाले समेत देखएको छ। एउटा घुँडाको उपचार गराउन जाँदा अर्कैमा उपचार गरिएका जस्ता घटना पनि सञ्चार माध्यममा नआएका होइनन्। यस्ता घटनाकै आधारमा हाम्रा स्वास्थ्य संस्था राम्रा हुँदाहुँदै पनि नकारात्मक सन्देश जानसक्ने अवस्था आउन सक्छ। स्वास्थ्य समस्या विकसित मुलुकमा पनि हुन सक्छ। कतिपय उन्मूलन भइरहेका रोग फेरि फर्किएका उदाहरण पनि छन्। तर हाम्रो मुलुकले भरपर्दो स्वास्थ्य सेवाको प्रत्याभूति दिने हो भने उपचार पर्यटनकै पनि ठूलो सम्भावना छ। चिसो हावापानी रहेको हाम्रो मुलुकमा सुलभ स्वास्थ्य सेवा लिन आउने विदेशीलाई समेत आकर्षित गर्न सकिन्छ। यस दिशातर्फ हाम्रो सरकारकै पहल हुनु आवश्यक छ। त्यसका लागि राजधानी काठमाडौंँकै धुवाँ/धुलोको समस्या समाधान गर्नुपर्छ। अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्छ। यहाँका नागरिकलाई पिउने पानी तोकिएको मापदण्डअनुसार आपूर्ति हुनुपर्छ। त्यसो हुने हो भने बिरामी हुनेको संख्या आफैँ घटेर जानेछ। भर्खरै पुष्टि भएको बर्ड फ्लुका कारण भएको मृत्यु होस् वा हैजा लागेर भएको मृत्यु, तिनलाई सामान्य घटनाका रूपमा मात्र व्यवहार गर्नुहुँदैन। सामान्यभन्दा सामान्य स्वास्थ्यसम्बन्धी समस्यालाई पनि गम्भीरतासाथ लिई उपचार गर्ने व्यवस्था हुनुपर्छ। रोकथाममा विशेष ध्यान दिने र सर्वसाधारणमा स्वास्थ्य चेतना बढाउनुपर्छ। अरुमा स्वास्थ्य समस्या आउनेगरी कुनै खाद्य सामग्री नबेच्ने सुनिश्चितता हुनुपर्छ। अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउनेतिर ध्यान दिने हो भने सामान्य रोगका कारण कोही पनि मृत्युको मुखमा पर्नै पर्दैन।







यसमा तपाईको मत

अन्य समाचार

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

Ncell Footer Ad