८ वैशाख २०८१ शनिबार
राजनीति

कम्युनिष्ट पार्टीका दुई टाउकाले सत्तामा नै असन्तुलन देखियोः पौडेल

प्रेस युनियन सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल। तस्विर: अनिल भण्डारी/नागरिक

सिन्धुली - नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति कसैलाई मान्छे नगन्ने प्रकारका भएको टिप्पणी गरेका छन्।  कम्युनिष्ट पार्टीका दुई टाउकाले सत्तामा नै असन्तुलन देखिएको छ, नेपाल प्रेस युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले भने–‘केपी ओली कसैलाई मान्छे नगन्ने अनि नेकपाकै अर्का अध्यक्ष प्रचण्ड कहिले जङगल जान्छु भन्ने कहिले के भन्ने जस्ता असन्तुलित अभिव्यक्ति दिएका छन।

मंगलबार संसदमा पारित भएको नीती तथा कार्यक्रमको विषयमा बोल्दै बरिष्ठ नेता पौडेलले सरकारमा रहेर अलोकतान्त्रिक मानसिकता देखाएको आरोप लगाए। लथालिङग देशको भताभुङग चाला जसले सक्छ उसले खाला भनेर सरकार लागेको भन्दै देशमा आर्थिक र राजनीतिक अराजकता मौलाएको बताए। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गरेर ११ प्रदेशको कुरा ल्याएर जनतालाई झन् कन्फ्युज बनाएको  पौडेको भनाई छ।

नेताहरुले जे बोलेपनि हुक्छ भन्ने भ्रम बढ्न थालेको भन्दै उनले कार्यन्वयनको चरणमा रहेको संविधानको महत्वपुर्ण विषयमा प्रश्न उठाउनु देशको लागि हितकर नभएको जनाए। देशमा मौलाएको राजनीतिक सोचको अराजकताको खिलापमा नेपाली काँग्रेसको जागरण अभियान भएको स्पस्ट पार्दै बरिष्ठ नेता पौडेलले आफ्नै पार्टी भित्र रहेको धुलो पनि टकटक्याएर अगाडी बढ्ने प्रतिवद्धता गरे। लोकतन्त्रमा पार्टीको विवाद अन्त्य कहिल्यै हुदैन, न्यनिकरण हुने हो, उनले भने विवाद छलफल र चलिरहन्छ।

सोही अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य  रामशरण महतले संसदमा पारित भएको निति तथा कार्यक्रममा बर्तमान सरकारको चरित्र क्रियाकलापको प्रतिनिधित्व भएको बताए। संसदमा नीति कार्यक्रमको विषयमा भन्दा अनावश्यक दुई घण्टा प्रधानमन्त्रीले भाषण गरेको बताए। प्रधानमन्त्रीले आधा घण्टाभन्दा बढी समय आफ्नै प्रशंसा गरेर विताए, उनले भने–‘नीति तथा कार्यक्रम पेश हुँदा प्रधानमन्त्रीको २ घण्टा भाषण कहिल्यै हुदैन।

  निती तथा कार्यक्रममा संक्रमण सकिएको जनाएपनि देशमा संक्रमण अझै कायम रहेको भन्दै संविधानको सफल कार्यन्वयन हुन बाकी रहेको उनको भनाई छ। देशका ठुला आयोजना तथा कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको नाम जोडिएको भन्दै काँग्रेसले सुरु गरेका योजनामा कम्युनिष्ठले नाम राखेको बताए। सरकारको ठोस काम केहि छैन, हावादारी र कपोकल्पित सपना जनतालाई बाडेको छ, उनले भने सरकारले काम भन्दा कुरा बढी गर्दै सत्ताको दुरुपयोग गरेको छ।  बरिष्ठ नेता पौडेल र केन्द्रिय सदस्य महत नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानमा सहभागि हुन तराईका विभिन्न जिल्लामा जानेक्रममा सिन्धुलीमा पत्रकार भेटघाटमा सामेल भएका थिए।

प्रकाशित: २५ वैशाख २०७६ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App