८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

त्रिपक्षीय सुरक्षा वार्ता हुने

सोल – दक्षिण कोरियाको राजधानी सोलमा यसै साता सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता हुन लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयमा एघारौं त्रिपक्षीय सुरक्षा वार्ता हुन लागेको हो।  यस.वार्तामा दक्षिण कोरिया, अमेरिका र जापानका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। वार्तामा निःशस्त्रीकरण, कोरियाली प्रायःद्वीपमा शान्ति, क्षेत्रीय सुरक्षालगायत एकआपसको सहयोगका विषयमा वार्ता हुने जनाइएको छ। गत शनिबार उत्तर कोरियाले पूर्वीय तटीय सहर वोन्सनबाट जापानी समुद्रमा छोटो दूरीको क्षेस्यास्त्र प्रहार गरेको थियो।

यसैबीच कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार राति टेलिफोन वार्ता हुने भएको छ। दक्षिण कोरियाको रब्लू हाउसले उक्त जानकारी दिएको छ। अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ताको मिन जुङ्गले बताएका छन्।

गत फेब्रुअरीमा भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर बैठक बिना कुनै सम्झौता टुंगिएको थियो।

 

प्रकाशित: २५ वैशाख २०७६ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App