८ वैशाख २०८१ शनिबार
समाज

मण्डपमै बालविवाह रोकियो

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्डेमा प्रहरीले बालविवाह रोकेको छ। १६ वर्ष उमेरकी दाहाल थरकी बालिकाको विवाह हुन लागेको जानकारी पाई प्रहरीले विवाह मण्डपमै पुगी विवाह रोकेको हो।

सोमबार राति बालविवाह हुँदै गरेको खबर आएको र प्रहरी पठाएर विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। अभिभावकले हाल कक्षा १० मा अध्ययनरत बालिकाको भोजपुर, टेम्के मैयुङ गाउँपालिका–६ का युवकसँग विवाहको तयारी गरेका थिए।

‘१६ वर्षकी बालिकाको विवाह हुँदै गरेको जानकारी आएपछि रातारात प्रहरी पठाएर रोकिएको हो,’ प्रहरी निरीक्षक कटवालले भने, ‘विवाह घरमा प्रहरी पुग्दा जन्ती भागिसकेका थिए।’ बेहुलाको उमेर २० वर्ष नाघेको भए पनि बेहुलीको उमेर नपुग्दा जन्ती राति नै डरले बेहुलीबिनै फर्किएका थिए। केटा वा केटीको उमेर २० वर्ष नपुग्दै विवाह गर्न नमिल्ने कानूनी व्यवस्थाअनुसार विवाह रोकिएको प्रहरीले बताएको छ।

मुलुकी अपराध संहितामा केटा वा केटीले २० वर्ष नपुगी विवाह गरेमा बालविवाह ठहरिने र त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था छ। यस्तै बालविवाह गराउनेलाई ३ वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रकाशित: २५ वैशाख २०७६ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App