coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

किशोरकिशोरीको विकासमा नयाँ नीति

काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले मंगलबार एक समारोहबीच किशोरकिशोरी स्वास्थ्य तथा विकास नीति–२०७५ सार्वजनिक गरेको छ। महाशाखाले पुरानो नीति बनेको १९ वर्षपछि परिमार्जित नीति निर्माण गरेको जनाएको छ।

नयाँ संघीय व्यवस्था, किशोर–किशोरीको सामाजिक आर्थिक, प्राविधिक तथा अन्य परिस्थति, राजनीतिक व्यवस्थामा आएको परिवर्तनका कारण नयाँ नीति निर्माण गरिएको परिवार स्वास्थ्य महाशाखाका प्रमख डा.आरपी बिच्छाले बताए।
नयाँ नीतिले विद्यालयका किशोर–किशोरीमा स्वास्थ्य सेवाको पहुँच पु-याउने, उनीहरूमा परिवार नियोजन साधनको पहुँच पु¥याउने, संघ र स्थानीय तहमा किशोर–किशोरी कार्यक्रम लागू गर्ने, पहिलेको किशोर–किशोरी क्लिनिकलाई विस्तार गरी एकीकृत स्थानबाट दिने, स्वास्थ्य सेवामा गोपनीयता कायम गर्ने र किशोर–किशोरीको मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउने, उनीहरूको सर्वाङ्गीण विकासमा समेत जोड दिनेजस्ता नीतिगत विषय त्यसमा समेटिएका छन्।

त्यसैगरी नसर्ने रोगको रोकथाम तथा नियन्यत्रणमा प्रवद्र्धन गर्ने, लागूपदार्थ दुव्र्यसनको रोकथाम गर्ने, यौन तथा एचआइभी संक्रमणको नियन्त्रण गर्ने, दुर्घटना, चोटपटक र प्राकृतिक प्रकोप र हिंसाबाट सुरक्षा दिनेलगायत विषय पनि त्यसमा समावेश गरिएका छन्।

नीतिमा विकासतर्फ सहकार्य तथा समन्वय, अन्तरमन्त्रालय सहकार्य र सरोकारवलाहरूसित सहकार्य, कार्यान्वयनका लागि संरचना संघीय तथा प्रादेशिक प्रजनन स्वास्थ्य कार्य सञ्चालनलगायत विषय समेटिएका छन्। त्यसमा किशोरकिशोरी स्वास्थ्य तथा विकासमा विद्यमान सामाजिक कुरीति, कुसंस्कार, सामाजिक सञ्जालको बढ्दो आकर्षणले किशोरकिशोरी खराब क्रियाकलपमा फस्ने खतरा, सम्बन्धित निकाय या मन्त्रालयसितको सहकार्यमा कठिनाइ, गुणस्तरीय सेवाको निरन्तरतालगायत चुनौती रहेको उल्लेख छ।

कार्यक्रममा सहभागी मिडवाइफरी सोसाइटी नेपालकी अध्यक्ष लक्ष्मी तामाङले सरकारबाट परिमार्जित स्कुल पाठ्यक्रमबाट अनिवार्य स्वास्थ्य विषय हट्नुले किशोरकिशोरीको स्वास्थ्य कार्यक्रममा प्रभाव पर्ने बताइन्। स्वास्थ्य सेवा विभाग मानसिक स्वास्थ्य शाखामा प्रमुख डा. वासुदेव कार्कीले किशोरकिशोरीमा बढ्दो मानिसक स्वास्थ्यलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य शाखाले पनि नीति कार्यक्रममा समेट्न लागेको बताए। नीति लागू गर्न सरोकारवाला सबैको भूमिका आवश्यक रहेको महाशाखाले जनाएको छ। समारोहमा सरिक विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. जोस भेन्डियरले किशोर–किशोरी स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए। ‘किशोरकिशोरीको स्वास्थ्यमा आवश्यक सहयोग गर्न विश्व स्वास्थ्य संगठन सधैं तयार छ,’ उनले भने।

किशोरकिशोरीमा हर्मोनका कारण आउने शारीरिक तथा मानसिक परिवर्तनलाई सही व्यवस्थापन गरी स्वस्थ र उत्पादनशील यु्वा उत्पादन गर्न यो उमेर समूहलाई सम्बोधन गर्ने नीति तथा सोहीअनुसारको कार्यक्रम आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. दीपेन्द्र रमण सिंहले बताए। २०१८ को तथ्यांकअनुसार ५० प्रतिशत किशोरकिशोरीमा १४ वर्ष र ७५ प्रतिशत २४ वर्षभित्र कुनै न कुनै मानसिक समस्या आइसकेको हुन्छ। पछिल्लो समय उनीहरूमा आत्महत्या, डिपे्रसन, दुव्र्यसनीजस्ता समस्या पनि तीव्र रूपमा बढिरहेको सहभागीहरूले बताए।

प्रकाशित: २५ वैशाख २०७६ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App