७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस माग्दै गर्दा पक्राउ

महाेत्तरी - इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

सिंहले नागरिकता प्रमाणपत्र पत्र बनाउन सहज गराइने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए। सिंहलाई जिल्लाको बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिगएको टोलीले ४ हजार घुस रकमसहित समातेको जनाएको छ।

कार्यालयबाटै समातिएका सिंहमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: २४ वैशाख २०७६ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App