coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुकिरहेकाे स्थानबाट विप्लव जनसरकार प्रमुख र जिल्ला सदस्य पक्राउ

तनहुँ - विप्लव नेतृत्वको नेकपा तनहुँ जनसरकार प्रमुख पक्राउ परेका छन्।

विप्लव नेतृत्वको नेकपा तनहुँका जनसरकार प्रमुख ६६ वर्षिय शिवशंकर अधिकारी र उक्त पार्टीका जिल्ला सदस्य टेकबहादुर विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। दुवैलाई भानु नगरपालिका–२ आमबोटेबाट लुकिरहेको अवस्थामा प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डीएसपी लीलाराज लामिछानेले बताए।

बन्दीपुर गाउँपालिका १ नाहला बस्दै आएका नेकपा तनहुँका जनसरकार प्रमुख अधिकारीलाई र नेकपाका जिल्ला सदस्य व्यास नगरपालिका–७ सत्रसय बस्ने ४१ बर्से विवेक भन्ने टेकबहादुर विकलाई प्रहरीले समातेकाे हाे।

दुवैविरुद्ध राजद्रोह मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए।

प्रकाशित: २४ वैशाख २०७६ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App