८ वैशाख २०८१ शनिबार
समाज

रुस्लानको स्वीमसूट क्यालेन्डरमा प्रियंका कार्की

काठमाडौं– रुस्लानले आफ्नो ब्राण्ड सद्भावना दूत प्रियंका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ।

रुस्लानले नेपालमा पहिलो पटक हाइ–फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ। बितेको ४० वर्षदेखि रुस्लानले बजार प्रवर्दन र ब्राण्ड पहिचानका नवीनतम सोचद्वारा ब्राण्डिङमा अग्रता हासिल गर्दै आफूले प्राप्त गरेको नेपालको लोकप्रिय भोड्काको शानलाई निरन्तरता दिदै आएको छ।

यो वर्ष रुस्लानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुस्लान अल्ट्रा प्रिमियम भोडका र रुस्लान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको जनाएको छ। पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरुमा नायिका प्रियंका कार्कीसँग सहकार्य गरेर रुस्लान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ।

नेपालको लागि पहिलो पटक, यो क्यालेण्डरको लक्ष्य भनेको नयाँ तुलनाधार सिर्जना गर्दै विश्वव्यापी स्तरमा फेशनको उचाई पु-याउने र सहकार्य गर्ने रहेको छ। क्यालेण्डरको छायाँकन फोटोग्राफर सञ्जोग राईको कुशल नजरबाट अत्यन्त बिस्तारपूर्वक सौन्दर्यानुभूतिसहित गहन ढंगले गरिएको छ।

नायिका कार्की आफ्नो कलालाई संवेदनशील तवरले सम्पन्न गर्नमा माहिर कलाकारको रुपमा परिचित छिन्। यो क्यालेण्डरसँगको आबद्धताको बारेमा आफ्नो भनाई राख्दै उनले भनिन् ‘रुस्लान एक अद्भूत ब्राण्ड हो। अहिलेको व्यवसाय भनेको नै बजारमा तहल्का मच्चाउनु हो र जोखिमयुक्त तरिकाहरु एवं नवीन सिर्जनाहरुको उपायद्वारा उपभोक्ता र दर्शकहरुसँगको सम्बन्धलाई नवीकरण गरिरहनु हो। साथै यो तपाईंको शरीरको बनौट जस्तो भए पनि त्यसलाई स्वीकार गरिरहने सम्बन्धी पनि हो। म तन्दुरुस्त र बलियो रहन कडा परिश्रम गर्ने गर्छु। स्वीमसूट क्यालेण्डरमा देखिनु शारीरिक र मानसिक दुबै तवरले कठिन कुरा होे, तर म विश्वास गर्दछु कि ठूलो र भिन्न कामहरु गर्नलाई कडा मेहनत गर्नुको कोहीसँग कुनै विकल्प हुँदैन।’

हाइ–फेशन क्यालेण्डरमार्फत् ब्राण्ड आबद्धताको परम्परा विश्वव्यापी रुपमा एक प्रचलित विषय हो र तीमध्ये केही विश्व–स्तरका ब्राण्डहरु छन्।

प्रकाशित: २४ वैशाख २०७६ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App