रेस्लिङ आयोजना हुँदै, ६ देशका टप रेस्लरहरुको सहभागीता हुने

मङ्गलबार, २४ बैशाख २०७६, १६ : २२ नागरिक

काठमाडौं– नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ। नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्नेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ।

रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते शनिबारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको छ। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते दिउँसो ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ। नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन्।

त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन्। रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन्।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ। जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ। प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु,  वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन्। प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ।

संघले यस अघि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा ०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा ०७३ साल फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र ०७४ साल कात्र्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप काठमाडौं र ईटहरीमा सम्पन्न गरिसकेको छ। ०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो।  प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ।





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad