८ वैशाख २०८१ शनिबार
समाज

गोर्खा इको प्यानलमा आगलागी

भक्तपुर-भक्तपुरको हनुमानचा स्थित गोर्खा इको प्यानलको कारखानामा मंगलबार विहान आगलागी भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा विहान पौने तीन बजे आगलागी भएको हो। आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो। जुद्ध वारुद्ध यन्त्र कार्यालय दूधपाटी भक्तपुरबाट आएको एउटा दमकलले आधा घण्टा लगाएर आगलागी नियन्त्रणमा लिन सफल भएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन। आगलागीबाट कारखानाका ईपीएस, कमेकिल, फाइवरमेश, ग्लास फाइबर, काठको प्यालेट, इलेक्टिक मोटर, मिक्सर, जेनेरेटर लगायतका सामानहरुमा क्षति पुगेको छ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। तर कम्पाउण्ड भित्रको काठको प्यालेटमा आगो फालेर आगलागी गराइएको हुनसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले आशंका व्यक्त गरे। महानगरीय प्रहरी वृत जगाती भक्तपुरका प्रमुख डिएसपी शिशु शर्माले आगलानीको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाए।

गोर्खा इको प्यानल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो । यसले भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको बिल्कपको रुपमा प्रयोग हुने इको प्यानल   (निर्माण सामाग्री) उत्पादन गर्ने गर्दै आएको छ। 

प्रकाशित: २४ वैशाख २०७६ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App