६ वैशाख २०८१ बिहीबार
राजनीति

रामनारायण बिडारी भन्छन्- विदेशीले नेपाली नागरिकता लिए, तत्काल खारेज गरौं

काठमाडौं– सत्तारुढ दलकै सांसदहरुले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित नागरिकता विधेयक समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा विदेशी नागरिकले नागरिकता लिएको पाइएको उल्लेख गर्दै त्यसको छानबिन गरी दोषीमाथि कार्वाही गर्न ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। सांसद बिडारीले नेपाली नागरिकले विवाह गरेका विदेशी महिलालाई हतारमा नागरिकता नदिने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। नागरिकताको विषय मुलुकको राष्ट्रियतासँग जोडिएकाले यसलाई जथाभावी वितरण गर्न नहुने उनको भनाई  ।

त्यस्तै सत्तारुढ नेकपाकै प्रतिनिधिसभाका सांसद झपड रावलले अंगीकृत नागरिकका सन्तानलाई सात पुस्तापछि मात्रै वंशजको आधारमा नागरिकता लिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए। उनले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई नेपालमा बसोबास गरेको १० वर्ष पछिमात्रै नागरिकता दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले नेपालमा नागरिकता वितरणको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाउन सरकारलाई सुझाव दिए। उनले नागरिकता नागरिकले लिने भएकाले यसलाई महिला र मधेशीसँग जोडेर हेर्न नहुने पनि स्पष्ट पारे। पूर्व महान्यायाधिवक्ता संग्रौलाले नेपालको राष्ट्रियता खतरामा पर्ने भएकाले पनि नागरिकता वितरणको कामलाई कडा निगरानीका साथ अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

प्रकाशित: २४ वैशाख २०७६ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App