coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाअभियोग प्रस्तावमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल हुने

अाइतबार बसेकाे व्यवस्थापिका संसदमा सहभागी सांसरहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभिमयोग प्रस्तावमाथि मंगलबादेखि संैद्धान्तिक छलफल हुने भएको छ। कार्की विरुद्धको महाअभियोग प्रस्ताव आइतबार बसेको व्यवस्थापिका संसदमा पेश भएको छ। बैठकमा सभामुख ओनसरी घर्तीले संसदमा पेश भएको  महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबार बस्ने व्यवस्थापिका संसद बैठकमा तीनबजेदेखि सुरु हुने जानकारी दिइन्।

संसद बैठकमा महाअभियोग प्रस्तावमा सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाइन्छ । महाअभियोग सिफारिस समितिले  एक महिनाभित्र रायसहितको प्रतिवेदन संसदमा पेश गर्नुपर्छ ।

महाअभियोग समिति बुधबारमात्र गठन भएको थियो। ११ सदस्यीय  समितिले महाअभियोग प्रस्तावमा आरोप लगाएका विषयमा एक महिनाभित्र अनुसन्धान गरी संसदमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

महाअभियोग समितिले अख्तियार प्रमुख कार्कीलाई समितिमा बोलाएर बयान लिने छ। अख्तियार प्रमुख कार्की विरुद्ध गत बुधबार प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। महाअभियोग प्रस्तावका विषयमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले हालसम्म कुनै निर्णय गरेको छैन भने सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले सबै दलसँगको सहमतिका आधारमा निर्णय लिने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ।

 

प्रकाशित: ७ कार्तिक २०७३ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App