coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम निवन्ध जस्तो : प्रकाशमान सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम निवन्ध जस्तो भएको बताएका छन्। नीति तथा कार्यक्रमबारे संसदमा चलिरहेको छलफलमा भाग लिँदै सिंहले नीति तथा कार्यक्रममा सबै कुरा भए पनि कसरी कार्यान्वयन गर्ने भन्ने विषय नभएको बताए। 'सबै पानामा नारा मात्रै छ। नारा मात्रै भएर के गर्ने?', उनले भने, 'एउटा विद्यार्थीले लेखेको राम्रो निवन्ध जस्तै भयो। सपना देख्दैमा हुँदैन।'

उनले राजमार्गमा जहाज ल्यान्ड कुरा नीति तथा कार्यक्रममा समेटिए पनि भएकै एउटा अन्तराष्ट्रिय विमानस्थलको अवस्था सुधार गर्न नसक्नुलाई के भन्ने भन्दै प्रश्न गरे।

स्याटलाइको कुरा गर्ने प्रधानमन्त्रीले काठमाडौंको धुलो नियन्त्रण गर्न नसकेको बताए।  प्रधानमन्त्रीले काठमाडौंमा मार्क्स लगाउन नपर्ने बताए पनि जनताले मार्क्स फुकाल्न नसकेको बताए।

 

प्रकाशित: २४ वैशाख २०७६ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App