महिलामाथि हुने हिंसा बढ्दै

मङ्गलबार, २४ बैशाख २०७६, १० : २० नागरिक

कञ्चनपुर - महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताइन्।
 
उनका अनुसार आयोगमा चालू आवको हालसम्म आर्थिक हिंसाका ६४९, शारीरिक हिंसाका ५८५ र मानसिक हिंसाका ४५९ उजुरी दर्ता भएका छन्। आयोगमा परेका उजुरीमध्ये घरेलु हिंसाका मात्रै ८३ प्रतिशत उजुरी छन्। महिला हिंसाका १७ प्रतिशत उजुरी दर्ता भएको उपसचिव सेरचनले बताइन्।

कानूनी कागजातको समस्या परेका उजुरीको सङ्ख्या २९१ छ। आयोगमा आव २०७४÷७५ मा घरेलु हिंसा र महिलाविरुद्ध हुने हिंसाका ८३८ उजुरी दर्ता भएका थिए। जसमध्ये घरेलु हिंसातर्फ ७६६ दर्ता भएका थिए। सोही अवधिमा शारीरिक हिंसा ३८८, मानसिक हिंसा ४३६, आर्थिक हिंसा २९८, यौनजन्य हिंसा ५८ उजुरी आयोगमा परेका थिए।
 
घरेलु हिंसामा दर्ता भएका उजुरीमध्ये मानाचामल, सम्बन्धविच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएका छन्। आयोगमा परेका ८३८ उजुरीमध्ये १३१ को मेलमिलाप पद्धतिद्वारा किनारा लगाइएको आयोगको अभिलेखमा उल्लेख गरिएको छ। आयोगका अनुसार विगतको तुलनामा घरेलु हिंसा ३५ दशमलव ६३ प्रतिशतले बढेको पाइएको छ।
 
आयोगको उपसचिवसहितको टोलीले नगरपालिकाका जनप्रतिनिधिसँग बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, दाइजोप्रथा, छाउपडी प्रथा, मानव बेचबिखनको अवस्था, कुरीति, अन्धविश्वास, स्थानीय तहमा महिला समावेशिताका कुराबारे जानकारी लिएको छ।

टोलीले महिलाको शिक्षाको अवस्था, स्वास्थ्यमा पहुँच, महिलाको आर्थिक अवस्थामा परिवर्तन ल्याउन ल्याएका योजना तथा नीति, रोजगारको अवस्था, ऐन, कानून निर्माण गर्दा महिला समावेशिता र न्यायिक समिति गठन, पूर्वाधार र जनशक्तिबारे जानकारी लिएको छ।

नगरप्रमुख दिलबहादुर ऐरले नगरपालिकालाई महिलामैत्री र समावेशी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले महिलाको सशक्तीकरण गर्न वडा कार्यालयमार्फत सीपमूलक, आयआर्जन र नेतृत्व विकासका कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराए।
 








यसमा तपाईको मत

अन्य समाचार

कोकको बोटलमा आमाका लागि पर्सनलाइज्ड म्यासेज

कोकको बोटलमा आमाका लागि पर्सनलाइज्ड म्यासेज

कोका–कोलाले आफ्नो ‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउन्ड एक्टिभेसन सुरु गरेको छ । ...

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

Ncell Footer Ad