coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

फाइल तस्बिर

डोटी - बडीकेदार गाउँपालिकाको वडा नम्बर–४ को कायार्लयमा अज्ञात समूहले आगजनी गरेको छ।कार्यालयको ढोका फोडेर  कागजात र फर्निचरहरुमा आगजनी गरिएको गाउँपालिका उपप्रमुख इन्द्रा बोहरा भाटले जानकारी दिइन्।

उपप्रमुख बोहराका अनुसार आगलागीबाट सबै कागजातहरु र फर्निचरहरु जलेर खरानी भएका छन्। अज्ञात समूहले गएराति आगजनी गरेको भएपनि बिहान मात्रै थाहा भएको हो।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वीपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७६ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App