coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सावित्राको सानदार प्रदर्शन


काठमाडौं – नेपाली फुटबलकी सदस्य सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित सेथु क्लबले घरेलु प्रतियोगिता इन्डियन वुमन्स लिगमा सानदार सुरुआत गरेको छ।

सावित्रा एक्लैको चार गोलप्रेरित सेथुले लिगको पहिलो खेलमा सोमबार मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६–४ ले हराउँदै सानदार सुरुआत गरेको हो। सावित्राले एक एसिस्ट पनि गर्दा सेथुले फराकिलो जितसँगै तेस्रो संस्करणको लिगको दाबेदारीसमेत प्रस्तुत गरेको छ। सोही क्लबबाट नेपालकै अर्की स्टार खेलाडी अनिता बस्नेतले पनि खेलेकी छन्। यस पटक उपाधि जित्ने लक्ष्य राखेको सेथुले भारतीय राष्ट्रिय टोलीका ६ र नेपालका २ खेलाडीलाई अनुबन्धन गरेको थियो।

सोही योजनाअनुरूप सेथुले आइतबारदेखि सुरु भएको लिगमा राम्रो नतिजा पनि निकालेको छ। सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले १६औं, ३४औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्। ७५औं मिनेटमा सावित्राकै पासमा दाङमेई ग्रेसल गोल गर्दै सेथुलाई ६–३ ले अगाडि बढाइन्।

त्यसअघि २२औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो। ४१औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन्। दोस्रो हाफको ६५औं मिनेटमा मणिपुरका लागि आशारानी देवीले गोल गर्दै खेल ४–३ को स्थितिमा ल्याइन्। मणिपुरले खेलको इन्जुरी समयमा चौथो गोल गर्दै आफ्नो टोलीको हार ६–४ ले छोट्याइन्।

प्रकाशित: २४ वैशाख २०७६ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App