७ वैशाख २०८१ शुक्रबार
खेल

जितले जिदानलाई राहत

मड्रिड – मारियानो डायजको दुई गोलप्रेरित खेलमा आइतबार रियाल मड्रिडले स्पेनिस ला लिगामा भिल्लारियलविरुद्ध रोमाञ्चक ३–२ को जित निकाल्दा प्रशिक्षक जिनेदिन जिदानलाई राहत मिलेको छ।

अघिल्लो खेलमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत रायो भालेकानोसँग १–० ले पराजित भएपछि स्तब्ध बनेको रियाल मड्रिडका प्रशिक्षक जिदानले अनुभवी खेलाडी लुका मोडरिच र ग्यारेथ बेलको व्यवहारमा प्रश्न उठाएका थिए। प्रशिक्षक जिदानले मोडरिच र बेललाई सुरुआती एघारको रोजाइमा नराखी आइबार भिल्लारियलविरुद्ध टोलीको घोषणा गरेका थिए।

‘म प्रशिक्षक हुँ,’ प्रशिक्षक जिदानले भने, ‘टोली घोषणा मेरो हातमा हुन्छ। मैले टोली घोषणा गरेको हुँ।’
मारियानोसँगै नयाँ युवा खेलाडी जिसस भालेजो, ब्रहिम डायज र फेड्रिको भाल्भेर्डलाई प्रशिक्षक जिदानले मैदान उतारेका थिए। मारियानोको दुई गोल र भालेजोले क्लबका लागि पहिलो गोल गर्दा आइतबार रियालले पाहुना टोली भिल्लारियलविरुद्ध जित निकाल्न सफल भएको हो।

‘रायो भालेकानोसँग भन्दा भिल्लारियलसँग राम्रो खेल खेल्यो,’ प्रशिक्षक  जिदानले भने, ‘टोलीलाई आवश्यक जित हो। हामीले राम्रो खेल्दै जित निकाल्न सफल भयौं।’ पाहुना टोलीविरुद्ध जित निकाल्न रियाल मड्रिडका लागि मारियानो डायजको दुई गोल गरे।

रियालको घरेलु मैदानमा भएको खेलमा रियालले दोस्रो मिनेटमा मारियानाको गोलबाट सुरुआती अग्रता लिएको थियो। तालिकामा सम्मानजनक स्थानका लागि संघर्षरत भिल्लारियलले ११औं मिनेटमा घरेलु टोलीविरुद्ध बराबरी गोल फर्कायो। भिल्लारियालका लागि जिरार्ड मोरेनोले ११ मिनेटमा बराबरी गोल फर्काउँदै खेल रोमाञ्चक अवस्थामा पुगेको थियो।

पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा रियालका लागि जिसस भालेजोले गोल गर्दै भ्रमणकारी टोलीविरुद्ध पुन अग्रता दिलाए। पहिलो हाफमा लिएको अग्रतापछि उच्च मनोबलमा रहेको रियालले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो। ४९औं मिनेटमा मारियानोले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियालको अग्रता ३–१ मा पु-याए। पछि परे पनि आक्रामक देखिएको पाहुना टोली भिल्लारियलले इन्जुरी टाइम गोल गर्दै खेलमा फर्किने संकेत देखायो। भिल्लारियलका लागि जुमे कोस्टाले गोल गर्दै रियालसँगको अन्तर घटाएका थिए। बाँकी समयमा भिल्लारियल आक्रामक देखिए पनि बराबरी गर्न सफल भएन।

लिगमा रियाल अन्तिम २ खेल बाँकी रहदा ६८ अंक जोडेर तेस्रो स्थानमा छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७४ र च्याम्पियन बनिसकेको बार्सिलोनाको ८३ अंक छ। ला लिगाअन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा गेटाफेले जिरोनालाई २–० ले स्तब्ध बनाउँदा एइबरले रियाल बेटिस तथा रियल भालाडोलिडोले एट्लेटिको विलबाओलाई समान १–० अन्तरले पराजित गरे। लिगमा भालाडोलिड रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि छ। ३८ अंक भएको भालाडोलिडो जिरोनाभन्दा १ एकले मात्र अगाडि हो। जिरोना रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत छ। जिरोनाको ३७ अंक छ। जिदानले अनुभवी खेलाडी लुका मोडरिच र ग्यारेथ बेलको व्यवहारमा प्रश्न उठाएका थिए।

प्रकाशित: २४ वैशाख २०७६ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App