coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्रदेश–२ र सुदूरपश्चिमबीच उपाधि भिडन्त

काठमाडौं – राजधानीमा जारी अन्तरप्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश–२ र सुदूरपश्चिम आमनेसामने हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ३० रनले पराजित गर्दै अर्को सेमिफाइनलको विजेता प्रदेश–२ सँगको भेट पक्का गरेको हो।

सुदूरपश्चिमले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश– १ ले २५.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन जोड्दा सुदूरपश्चिम १६ रनको विजयी नतिजाका साथ फाइनल प्रवेश गरेको हो। प्रदेश–१ का लागि सुमन सुन्दासले सर्वाधिक ४४ रनको पारी खेल्दै इनिङ उकासेको खेलमा ओपनर इनस्तिन रिजालले ३१ तथा सिमरन राईले २७ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन। यस्तै बाँकी ब्याट्सम्यानले दोहोर अंक छुन नस्कदा प्रदेश–१ अन्तिम चारबाट बाहिरिनुपरेको हो।

प्रदेश–१ लाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि सुवास ऐयरले किफायती बलिङ गरे। ५.२ ओभर बलिङ गरेका ऐयरले २ मेडन राख्दै ४ विकेट लिएर २२ रन खर्चिएका थिए। यस्तै गोविन्द विष्ट, सन्देश भट्ट, सचिन बडायक र बर्लिन गिरीले समान १÷१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ३० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १ सय ६५ रनको योगफल बनाएको थियो। ओपनर अरुण महरालाई शून्यमा गुमाएको सुदूरपश्चिमका लागि सुवास ऐयर र धीरेन्द्र ठाकुरले क्रमशः ४३ र २५ रनको पारी खेल्दै टोलीको स्कोरलाई अगाडि बढाएका थिए। यस्तै अशिष भट्टले २६ रनको पारी खेल्दा सन्दीप विष्टले २२, अनिल थापाले २० रनको योगदान गरेका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन्। बलिङतर्फ प्रदेश–१ का लागि श्रवण किस्कुले सर्वाधिक ३ विकेट हात पार्दा विपिन महतोले २ तथा अमित रोयले एक विकेट हात पारे।

सोमबारै सम्पन्न अर्को खेलमा प्रदेश–२ ले प्रदेश–३ लाई ४ विकेटले हराउँदै सुदूरपश्चिसँगको भेट पक्का गरेको हो। टस जितेर निर्धारित ३० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै दिएको १ सय २२ रनको लक्ष्य प्रदेश–२ ले २५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर भेटाउन सफल भयो। अन्तिम दुईमा स्थान बनाउन मेघराज महराले योगदान गरेको ४७ रन महŒवपूर्ण रह्यो। ६४ बलको सामना गरेका महराले ५ चौकाको मद्दतमा ४७ रन पूरा गरेका थिए। यस्तै निखिल सिंहले ३२ रनको पारी खेल्दा ओपनर रोहन विकले २१ रनको योगदान गरे। बलिङतर्फ प्रदेश १ का तिलक भण्डारी र क्रिस कार्कीले समान २÷२ विकेट लिँदा दीपक बोहोराको नाममा एक विकेट मिल्यो।

यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश–३ का लागि अशिष भट्टराईको २७ रनको योगदान उपलब्धिमूलक हुन सकेन। प्रशान्त महतले २२, ओपनर विपिनविक्रम शाहले १३ र र तिलक भण्डारीले १४ रनको पारी खेल्दै १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेका थिए।

किफायती बलिङ गरेको प्रदेश– २ का लागि शेख इमरान र अराबाज अन्सारीले समान २/२ विकेट हात पार्दा बी पटेल र निखिल सिंहले १÷१ विकेट लिएका थिए। प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ।

प्रकाशित: २४ वैशाख २०७६ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App