६ वैशाख २०८१ बिहीबार
अर्थ

नागरिकता लिएका भारतीय कराेडाैँ राजस्व छलेर फरार

वीरगन्ज - विगतमा नेपाली नागरिकता हात पार्न सफल भएका दुई भारतीय नागरिकले बेग्लाबेग्लै घटनामा नेपाल सरकारको करिब १८ करोड रुपैयाँ राजस्व रकम लएर फरार भएका छन्। यसमध्ये एकजनालाई आन्तरिक राजस्व कार्यालय वीरगन्जले बक्यौता असुलीका लागि खोजिरहेको छ भने अर्का एकजनालाई जिल्ला अदालत पर्साले करिब दुई करोड रुपैयाँ भराउने र एक वर्ष कैद सजाय तोकेको छ।

पहिलो घटना विवरणअनुसार जनकपुर उपमहानगरपालिका साबिकको वडा नम्बर २ घर भएकी बबिता गुप्ताको बिहे भारतको पूर्वी चम्पारण जिल्लामा भएर कानुनी रुपमा उनले भारतीय नागरिकता लिइन्। यताको नेपाली नागरिकता पनि लोग्नेको परिवारले त्याग्न दिएन। उनकै नाममा वीरगन्जमा देवर मुकेश गुप्ता र पति कृष्णाकुमार गुप्ताले मोहिनी इन्टरप्राइजेज नामको फर्म दर्ता गराई कोइला आयात गरेर बेच्ने थाले। तीन वर्षअघि कृष्णाकुमारको मृत्यु भयो। त्यसपछि फर्मको कारोबार देवर मुकेशले सञ्चालन गर्दै आएका थिए। तर उक्त कम्पनीले आय कर र मूल्य अभिवृद्धि कर (भ्याट) तिरेन।

भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरी यहाँ बसोबास गर्न सजिलो भएपछि व्यापारिक फर्म दर्ता गराउने र त्यसको आडमा, सुनलगायतको तस्करी, भारतीय रुपैयाँको कलाबजारी, लागूऔषध ओसारपसार, मानव तस्करी र आर्थिक अपराधसम्मका घटना बढिरहेका छन्।

आन्तरिक राजस्व कार्यालय वीरगन्जले ठूलो रकम बक्यौता भएका करदाताकौ रुपमा खोजी गर्दा मोहिनी इन्टरप्राइजेजका सञ्चालक देवर भाउजू फरार भइसकेका थिए। गत आर्थिक वर्षको समाप्तिसँगै कार्यालयले उनीहरुलाई खोज्न थालेको हो, अहिलेसम्म भेटेको छैन। गत चैत २८ सम्ममा उक्त फर्मको बक्यौता १६ करोड ५ लाख छ। आठ करोड ४८ लाखभन्दा बढी भ्याट र करिब सात करोड ५७ लाख आयकर बक्यौता देखिएको छ।

‘हामीले सो फर्मका सञ्चालकलाई खोजिरहेका छौं। बक्यौता कर असुुलउपर गर्न कानुनी रुपमा यहाँबाट गर्न सक्ने सम्पूर्ण प्रक्रिया अपनाएका छौं,’ आन्तरिक राजस्व कार्यालय वीरगन्जका कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले भने, ‘राष्ट्रबैंकलाई पत्राचार गरेर देशभरिको जुनसुकै बैंकमा भएको खाता हामीले रोक्का गराएका छौं। ७७ वटै जिल्लाका मालपोत कार्यालयमा पत्राचार गरी जग्गाजमिन भए रोक्का गर्ने भनेका छौं, ठेक्कापट्टालगायतमा भुक्तानी गर्ने अन्य अड्डामा पनि पत्राचार गरेका छौं।’ कार्यालयका एक अधिकृतका अनुसार उक्त फर्मको नाममा एनआईसी एसिया बैंकमा रहेको खातामा १० हजार रुपैयाँमात्र मौज्दात देखिएको छ। कोइरालाले राजस्व विभागको रायअनुसार कारबाही अघि बढाउने बताए।

स्रोतका अनुसार बबिताले देवरको सहयोगमा भारतमा मुन्नी गुप्ता नाममा आधार कार्ड तथा व्यक्तिगत हिसाब नम्बर (प्यान) बनाएकी छिन् र त्यहाँको मतदाताका रुपमा पनि सूचीकृत छिन्।

अर्को एक घटनामा भारतीय नागरिक कमलेशप्रसाद कलवार राजस्व चुहावट गरी फरार भएका छन्। गलत विवरण पेस गरी सरजमिनका आधारमा सर्लाहीको औराही–८ (हालको चक्राहा नगरपालिका) बाट २०६१ वैशाख ३ मा कलवार वंशजको नागरिकता हात पार्न सफल भए। कलवारको वास्तविक घर भारतको पूर्वी चम्पारण जिल्ला सुगौली वार्ड नम्बर ३ हो। भारतीय नागरिकको हैसियतले कलवारले केन्द्रीय मोटर अधिनियम १९८९ अनुसार जनवरी २०११ (वि.सं. २०६७) मा गाडी खरिद गरेको रेकर्ड छ। भारतको सुगौलीबाट मतदाता सूचीमा मतदाताको रुपमा कलवारले आफ्नो नाम नवीकरण गरेको भारत बिहारको निर्वाचन आयोगको अभिलेख छ। एमजिपी ५११७४६० उनको मतदाता ‘आइडी’ हो। नेपालमा ०३२५२७५१ उनको नागरिकता नम्बर हो।

कलवारले केही वर्षअघि ‘शिवशक्ति अफिस ट्रेडर्स’ नामको फर्म दर्ता गराएर फाटोकपी मेसिनको कारोबार सुरु गरेका थिए। कारोबार गर्दागर्दै उनले फर्म बन्द गरे। आफूले गर्ने कारोबारका लागि उनले बन्द भएको फर्मसँग मिल्दोजुल्दो नामको ‘शिवशक्ति आइकन अफिस ट्रेडर्स’ का नाममा भ्याट बिल काटे। शिवशक्ति आइकन अफिस ट्रेडर्सका सञ्चालक कृष्णप्रसाद कानु हुन्। कानु कलवारका परिचित हुन्। यसैको फाइदा उनले उठाए।

कानुको फर्मको बिल दुरुपयोग भएको भनी राजस्व अनुसन्धान विभागको क्षेत्रीय कार्यालय पथलैयाले जानकारी पाएपछि अनुसन्धान सुरु भयो। कार्यालयले कानुलाई बोलाएर सोधपुछ गर्दा त्यसमा कलवारको संलग्नता खुल्यो। पछि कलवारसमेत झिकाइए। राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले मुख्य दोषी देखिएका कलवारलाई साधारण तारेखमा छोडे। त्यसपछि कलवार फरार भए। यता फर्मको बिल अरुले अनधिकृत प्रयोग गरिदिएर समस्यामा परेका कानुलाई थुनामा राखेर मुद्दा चलाउने निर्णय गरियो। ९ब्ल्म्एभ्च्४४लदकउसलाख ९८ हजार ६ सय रुपैयाँ राजस्वको हिनामिनाको मुद्दा चल्यो। जिल्ला अदालत पर्सामा मुद्दाको सुनुवाइ भएर वैशाख १० गते कलवारउपर कसुर ठहर भएको र कानुले सफाइ पाएको स्रेस्तेदार महेन्द्रप्रसाद भट्टराईले बताए। अदालतको अभिलेखअनुसार कलवारमाथि राजस्व चुहावट नियन्त्रण ऐन २०५२ को दफा ४ (ग) अनुसार कसुर ठहर भई सोही ऐनको दफा २३ (१) बमोजिक बिगोको दोब्बर एक करोड ८९ लाख ९७ हजार २ सय ५६ रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकिएको छ।

यता सफाइ पाएका कानु एक सय २४ दिन जेलमा बसेर धरौटीमा निस्केका छन्। ‘जेल बसें, व्यापार बिग्रियो, आर्थिक नोक्सानी भयो र प्रतिष्ठा पनि गयो,’ कानुले भने, ‘नेपाली नागरिकता लिएर पसेको एकजना भारतीयले मलाई बर्बाद बनायो।’ यी दुई घटना उदारहणमात्र हुन्। यसरी नेपाली नागरिकता लिएका भारतीयले विभिन्न प्रपञ्च गरेर नेपालका व्यक्ति, समाज र राज्यलाई क्षति पु¥याइरहेको स्थानीय बताउँछन्। भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरी यहाँ बसोबास गर्न सजिलो भएपछि व्यापारिक फर्म दर्ता गराउने र त्यसको आडमा, सुनलगायतको तस्करी, भारतीय रुपैयाँको कलाबजारी, लागूऔषध ओसारपसार, मानव तस्करी र आर्थिक अपराधसम्म गर्ने गरेका घटना बढिरहेका छन्। खासमा यस्तै पृष्ठभूमिका मान्छे नेपाली नागरिकता पाउन मरिहत्ते गर्छन्। उनीहरुलाई छेकबार गर्न खोज्दा वास्तविक नागरिक नागरिकता पाउन वञ्चित हुने गरेको यहाँका बुद्धिजीवी बताउँछन्।

प्रकाशित: २४ वैशाख २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App