काठमाडौं - सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएको छ। नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जवाफ दिने भएका हुन्।
गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रमे प्रस्तुत गरेकी थिइन्। त्यसमाथिको छलफल आज सकिदैं छ।
नीति तथा कार्यक्रमको विपक्षी दलका सांसदले आलोचना गरेका छन् भने सत्तापक्षीय सांसदले बचाउ गर्दै आएका छन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपचि भण्डारीले प्रयोग गरेको 'मेरो सरकार' शब्दावलीको पनि ब्यापक आलोचना भइरहेको छ।
प्रकाशित: २४ वैशाख २०७६ ०२:१७ मंगलबार