८ वैशाख २०८१ शनिबार
अर्थ

जुम्लामा कृषि विकास बैंक

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ। वैशाख १९ गते बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले उक्त काउन्टर उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकको क्षेत्रीय कार्यालय, नेपालगन्जका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सहभागी थिए। कार्यक्रममा बैंकका प्रबन्धक घनश्याम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। प्रतिष्ठानमा कार्यरत कर्मचारी, डाक्टर, नर्स, सेवाग्राही, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारणको व्यापक उपस्थिति रहेको उद्घाटन समारोहमा चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सीताराम रिजाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक धर्मराज गासाई, उद्योग वाणिज्य संघ जुम्लाका प्रतिनिधि गणेश रोकाय, निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष गगन बुढथापा समेतको सहभागिता थियो।
प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति र प्रतिष्ठानका निर्देशकले बैंकले उपलब्ध गराउने सेवाले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थिति सबल बनाउन विशेष भूमिका खेलेको र आगामी दिनमा स्थानीयबासीको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलब्ध गराई गरिब किसानको जीवनस्तर उकास्नमा मद्दत गर्नुपर्ने बताए।

बैंक सञ्चालक समिति अध्यक्ष सेजुवाल र प्रमुख कार्यकारी अधिकृत उपाध्यायले उक्त प्रतिष्ठानमा राखिएको एटिएम मेसिन पनि उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सेजुवालले बैंकले उपलब्ध गराएका सेवाको पूर्ण उपभोग गर्न आग्रह गर्दै भविष्यमा थप सेवा दिने बताए।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले प्रदान गर्ने सेवा र प्रडक्टबारे जानकारी गराउँदै प्रतिष्ठानसँगको सहकार्यलाई आगामी दिनमा अझ बलियो बनाउने बताए। बैंकका कामु उप–महाप्रबन्धक चुडामणि तिम्सिनाले देशका युवाशक्तिलाई कृषि विकास बैंकप्रति आकर्षित गर्ने गरी सेवामा सुधार गर्दै आएको र भविष्यमा अझ बढी आधुनिक र गुणस्तरीय सेवा दिने बताए।

बैंकको क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक रामचन्द्र आचार्यले प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स, बिरामी लगायत सेवाग्राहीलाई उपलब्ध गराउन सक्ने बैंकिङ सेवाबारे प्रकाश पारेका थिए।

प्रकाशित: २४ वैशाख २०७६ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App