१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालबालिका विद्यालय नपठाउने अभिभावकले सुविधा नपाउने

बर्दिया– विद्यालय जाने उमेर समूहका आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई बर्दियाको एक नगरपालिकाले नगरबाट दिने सेवासुविधाबाट वञ्चित गर्ने भएको छ।

बारबर्दिया नगरपालिकाले आफ्ना बालबालिका विद्यालय नपठाउने अभिभावकलाई सेवासुविधाबाट वञ्चित गर्ने नगर प्रमुख दुर्गाबहादुर थारुले बताए। यहाँ आज आयोजित एक बहस कार्यक्रममा नगरप्रमुख थारुले बालबालिकाको पढ्न पाउने मौलिक हकबाट वञ्चित गराउने अभिभावकले नगरबाट पाउने सेवा नपाउने बताएका हुन्।

अभिभावकले आफ्ना बच्चालाई कसरी हुन्छ खुशी बनाएर विद्यालय पठाउनैपर्नेमा उनको जोड थियो। कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष मानबहादुर थारुले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक एक महिनामा एकपटक अनिवार्यरुपमा विद्यालयमा उपस्थिति हुनुपर्ने बताए। रासस

प्रकाशित: २३ वैशाख २०७६ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App