coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

भोजपुर– जिल्लामा सुत्केरीपछि गम्भीर विरामी बच्चा र आमाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। डेरामा नै सुत्केरी भएर रक्तस्राप अध्याधिक भएपछि गम्भीर अवस्थामा भएपछि जिल्ला अस्पताल भोजपुरको सिफारिसमा कमला राईको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

यसअघि हेलिकप्टर चार्टर गरेर विरामी उपचारमा पठाउँदा विरामीले २ लाख ५० हजारसम्म तिर्नुपर्ने वाध्यता रहेको थियो। नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले नागरिक न्युजलाई बताए।

रामप्रसाद राई गाउँपालिका–३ घर भई हाल भोजपुर नगरपालिका–९ भोटेपसलमा बस्दै आएकी राईले डेरामा नै बच्चा पाएकी थिइन। बच्चा पाएपछि अध्याधिक रक्तश्राप हुँदा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। घरमा छोरा जन्माएकी कमलाको अत्याधीक रत्तश्राप भएपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५’ अनुसार कमलाको उद्धार गरी हेलिकप्टरमार्फत थप उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर पवित्रा श्रेष्ठले बताइन।

यस अघिसहित चार वटा सन्तान पाइसकेकी कमलाको पाठेघरमा समस्या भएको कारण अध्याधिक रक्तश्राप भएको र नरोकिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाइ उद्धार गरी विराटनगर पठाइएको हो।

ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्ने कार्य सरकारले गत पुस महिनाबाट थालेको हो। सरकारले आर्थिक वर्ष ०७५÷०७६ बाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थामा स्वास्थ्य समस्याका कारण ज्यान जोखिममा रहेकालाई तत्काल हवाई उद्धार गरी स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

महिला मन्त्रालयले लगातार लामो ब्यथा लागेको, बच्चा जन्मिन कठिनाई भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हातखुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएको, गर्भवती तथा सुत्केरी महिलालाई ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला’ भनि परिभाषित गर्दै त्यस्तो अवस्थाको महिलालाई उद्धार गर्ने गरेका राष्ट्रपती महिला उत्थान कार्यक्रमकी अधिकृत अन्जु ढुङगानाले जानकारी दिइन।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App