८ वैशाख २०८१ शनिबार
राजनीति

एकताले धक्का दिएको छ : उपेन्द्र यादव

काठमाडौं- संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको एकता पछि बनेको समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन सकियो भन्नेहरुका लागि यो एकताले धक्का दिएको बताएका छन्।

एकता कार्यक्रममा बोल्दै यादवले मधेसमा आन्दोलन हुँदा गोरखा चुप लागेर नस्ने बताए। उनले भने, 'धनकुटामा आन्दोलन हुँदा वीरगन्ज सत्दैन, काठमाडौंमा आन्दोलन हुँदा देशभर आँधिवेहरी आउँछ।'

उत्पीडनमा परेकाहरुका लागि फेरी आशाका दिन आएको उनले बताए। कांग्रेस र कम्युनिस्टका एजेन्डा सकिएको उनको दावी छ।

'नेपाली कांग्रेसको वस स्टेसन अगाडिनै गाडि छुट्यो। कम्युनिस्ट कमाउनिस्ट भइसके', उनले भने, 'कम्युनिस्टलाई अहिले समावेशिताको कुरा गर्दा टाउको दुख्छ।' 'उनीहरुले राजनीतिक मुद्दा सकियो भनेका छन्।', उनले भने, 'सहि अर्थमा उनीहरुको मुद्दा सकिएको हो।' कौडिको भाउमा उद्योग धन्दा बेच्नेले आर्थिक समृद्धि ल्याउन नसक्ने भन्दै अवको नेपालको नेतृत्व आँफुहरुले गर्ने उनले बताए।

नेपालको विकास भनेको संघीय लोकतन्त्रको विकास भएको यादवको भनाई छ। संघीयता बलियो भए देश विकास हुने भन्दै वर्ग, जाति र वर्णको आधारमा विभेद गरेर राष्ट्रियता वलियो नहुने उनले बताए। यादवले राजपा र राष्ट्रिय जनमुक्ति पार्टीलाई एकतामा आउन आग्रह गरे।

प्रकाशित: २३ वैशाख २०७६ ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App