coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकमान होइन, विधिको शासनको पक्षमा छौं : देउवा

ज्ञापन पत्र बुझेपछि प्रतिक्रिया दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर सौजन्य : आरसी लामिछाने

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विधिको शासनको पक्षमा भएको बताएका छन्। बुढानिलकन्ठस्थित निवासमा विद्यार्थी संगठनहरुको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले भने- 'हामी तपाईँहरुको पक्षमा छौं। लोकमानको पक्षमा होइन, विधिको शासनको पक्षमा छौं। पार्टीको आधिकारिक धारणा केन्द्रीय समितिले निर्णय गर्छ।'

उनले पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै अहिल्यै ब्यक्तिगत धारणा बनाउन नमिल्ने बताए। 'अहिले पार्टीको केन्द्रीय समिति बैठक चलिरहेको छ। बैठकले नै महाभियोगबारे आधिकारिक धारणा बनाउनेछ। यसमा विषयमा मैले ब्यक्तिगत बोल्न मिल्दैन।'

उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे सत्ता साझेदार र अन्य दलसँग कुनै छलफल नभएको बताए। 'प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्य विषयमा छलफल गर्न भेटघाट भएको हो। त्यसक्रममा महाभियोगबारे सामान्य छलफल मात्र भएको छ। हामीले यसबारे कुनै सहमति गरेका छैनौं।' उनले यस विषयमा अन्य दलसँग पनि छलफल हुनुपर्ने बताए।

सभापति देउवाले कांग्रेसले लोकमानलाई बोक्ने नसक्ने आश्वसन दिएको नेविसंघका महामन्त्री कुन्दन काफ्ले नागरिकन्युजलाई बताए। विद्यार्थीहरुसँगको १५ मिनेट भेटमा देउवा लोकमानप्रति आक्रोसित देखिएको कुन्दनले बताए।

भेटमा ९ विद्यार्थी संगठनका नेताहरु सहभागी थिए। उनीहरुले महाभियोगको प्रोसेस महिनौं लाग्नसक्ने र यस दौरान चलखेन हुनसक्ने भन्दै पार्टीका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाइरहेका छन्।

उनीहरुले शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र बुझाएका थिए। सो क्रममा अध्यक्ष ओलीले नेपालको संसदमा व्याक गियर नभएको बताएका थिए।

 

प्रकाशित: ७ कार्तिक २०७३ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App