coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हिमालयन शेर्पा विजयी

चितवन- विकास रनिङ सिल्ड प्रतियोगितामा शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले ब्वाइज युनियन क्लबलाई ३–१ ले पराजित गरेको छ। नारायणगढको क्याम्पाचौरमा भएको खेलबाट क्वार्टरफाइनल पुगेको हिमालयन शेर्पाका लागि मियोङ फनोआले दुई र विष्णु गुरुङले एक गोल गरका थिए।

११ औं मिनेटमा विष्णुले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफसम्म दुवै टोलीले गोल थप्न सकेन। खेलको ६९ औं मिनेटमा मियोङले दोस्रो गोल गरे। त्यसको तीन मिनेट नबित्दै ७२ औं मिनेटमा विजय पौडेलले गोल गरेर ब्वाइज युनियनलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि दुवै टोली आक्रामक प्रस्तुत भए। ८५ औं मिनेटमा मियोङले गोल थप्दै हिमालयनको जित सुनिश्चित बनाए। उनले म्यान अफ दी म्याच हुँदै १० हजार पुरस्कार पाए।

हिमालयन शेर्पासँग सिक्किम–११ भिड्ने भनिए पनि अन्तिममा नआएपछि ब्वाइज युनियनलाईसामेल गराइएको थियो। आइतबार पहिलो क्वार्टरफाइनलमा सहारा क्लब र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।   

प्रकाशित: ७ कार्तिक २०७३ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App