८ वैशाख २०८१ शनिबार
खेल

सुदूरपश्चिम र प्रदेश–२ फाइनलमा

काठमाडौं– सुदूरपश्चिम र प्रदेश–२ राजधानीमा जारी यु–१६ अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको  सेमिफाइनलमा प्रवेश गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायलयको मैदानमा आइतबार भएको पहिलो खेलमा प्रदेश–२ ले प्रदेश–५ माथि  १६ रनको जित निकाल्न सफल भएको हो भने सुदूरपश्चिमले प्रदेश–३ लाई ८ विकेटले हराएको हो।

प्रदेश–२ लाई अन्तिम चारमा पु¥याउनका लागि प्रशान्त सिंहको अविजित ४० रन महत्त्वपूर्ण रह्यो। टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले २७.५ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन जोड्न सफल भएको थियो। झीनो रनको योगफल तयार पार्दा प्रदेश–२ का बी पटेलले ३९ रन तथा परशुराम यादवले १४ रनको योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

प्रदेश–२ लाई सामान्य स्कोरमा रोक्न प्रदेश–५ का अभिषेक गौतमले सर्वाधिक ४ विकेट हात पार्दा विशालविक्रम केसीले ३ तथा रमेश कुर्मीले २ विकेट लिए। १ सय १५ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गरेको प्रदेश–५ ले २७.४ ओभरमा सबै विकेट गुमाएर ९८ रनमा समेटियो। खेलमा विशालविक्रम केसीले सर्वाधिक २९ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन।

यस्तै सन्देश पाण्डेले २२ रन जोड्दै पवेलियन फर्किंदा अभिषेक गौतम १७ रनमा रनआउट भए। प्रदेश–५ लाई सस्तैमा समेट्न प्रदेश–२ का चार बलरले समान २/२ विकेट हात पारे। प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा सुवास ऐरको विस्फोटक ब्याटिङको मद्दतमा सुदूरपश्चिम विजयी भएको हो।

१ सय ३२ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि नटआउट ६१ रनको योगदान गरेका सुवासले ६४ बलको सामना गर्दा ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै अरुण महराले ३६ रनको योगदान गर्दा दलाल ऐयरले १० तथा सन्देश भट्टले अविजित १५ रनको पारी खेले। बलिङतर्फ तिलक भण्डारी र दीपक बोहोराले समान १÷१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–३ ले २७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रनको योगफल तयार पारेको थियो। प्रदेश–३ का लागि क्रिस कार्कीले सर्वाधिक ४६ रनको पारी खेल्दा सर्मत भुसालले २७ तथा विपिनविक्रम शाहीले १६ रनको पारी खेले। प्रदेश–३ लाई सस्तैमा समेट्न सन्देश भट्ट र आशिष भट्टले समान ३/३ विकेट हात पार्दा बर्लिनले २ विकेट हात पारे।

 

प्रकाशित: २३ वैशाख २०७६ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App