८ वैशाख २०८१ शनिबार
कला

‘पसिना’को -याली

काठमाडौं – आगामी वैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ले मजदुर दिवसको अवसरमा ¥याली गरेको छ । मजदुरको कथालाई समेटिएको फिल्मले -याली निकालेको हा।

फिल्मका निर्देशक आरबी खत्री ‘शरद’ले फिल्मले मजदुरको हकहितको कुरा बोल्ने भएकाले ¥याली निकालिएको बताए । ‘जबसम्म मजदुरको आवाज बुलन्द हुँदैन । उनीहरूको समस्या समाधान हुँदैन । तबसम्म देश समृद्ध बन्दैन’, उनले भने ।

निर्मात्री शान्ता ढकालले फिल्मका प्रमुख कलाकारले फिल्मको प्रोमोसनमा साथ नदिए पनि आफुहरू प्रोमोसनमा सक्रिय रहेको बताईन् । फिल्म युनिटले मे दिवसकै अवसर पारेर ‘हावा चल्यो सिरिरी’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत र नारद रिजालको स्वर छ । फिल्ममा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित: २३ वैशाख २०७६ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App