४ वैशाख २०८१ मंगलबार
समाज

पत्रकार बिष्टमाथि कुटपिट

कैलाली – धनगढीस्थित दिनेश एफएममा कार्यरत पत्रकार जनक बिष्टमाथि कुटपिट भएको छ। बिष्टलाई धनगढीका व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन्।  त्रिनगर माध्यमिक विद्यालयले कम्प्लेक्सको भाडामा दिएका सटरको रिपोर्टिङ गर्न गएका समयमा विद्यालय हाताभित्रै व्यापारी थापाले पत्रकार बिष्टलाई कुटपिट गरेका थिए। थापाले त्रिनगर माविको प्रधानाध्यापकको कार्यकक्षमा तथ्यांक संकलन गरिरहेका बेला बिष्टमाथि कुटपिट गरेका थिए।

रिपोटिङकै क्रममा सँगै रहेका पत्रकार कैलाश जोशीले विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापा कार्यालयभित्र प्रवेश गरी पत्रकार बिष्टलाई आक्रमण गरेको बताए। विद्यालयका केही सटरको भाडादर एकदमै न्यून रहेको र केहीको भाडादर अत्याधिक रहेको गुनासो आएपछि पत्रकार बिष्ट समाचार संकलनका लागि विद्यालय परिसर पुगेका थिए।

त्रिनगर कम्प्लेक्समा व्यापार गर्दै आएका थापाले न्यून मूल्यमा सटर भाडामा लिएको भन्ने विषयमा जानकारी लिन विद्यालयका प्रधानाध्यापकसँग कुराकानी गर्दैगर्दा पत्रकार बिष्टमाथि कुटपिट गरिएको थियो। कुटपिट पछि पत्रकार बिष्ट घाइते छन्।उनको अनुहार र शरीरमा चोट लागेको छ। घाइते बिष्ट सेती अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएका छन्। कुटपिटमा संग्लन थापा भने फरार रहेको प्रहरीले बतायो।

थापा तत्कालीन एमालेका जिल्ला कमिटी सदस्य हुन्। घटनाको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले ध्यानाकार्षण भएको जनाएको छ। प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारवाहीको माग गरिएको छ। यस्तै महासंघका कैलालीले पनि घटनाप्रति ध्यानाकार्षण भएको जनाएको छ। पत्रकार बिष्टमाथि भएको कुटपिटको विभिन्न संघ संगठन तथा मानवअधिकारवादीले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेका छन्।

प्रकाशित: २३ वैशाख २०७६ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App