८ वैशाख २०८१ शनिबार
समाज

फुलेलीका ९० घरमा धारा...

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका सर्वसाधारणले स्वच्छ पिउनेपानी प्रयोग गर्न पाएका छन्। वडा कार्यालयको समन्वयमा मनभिसो नेपाल फाउन्डेसनले खानेपानीको आयोजना सम्पन्न गरेपछि टाक्सिन्दु फुलेलीका ९० परिवारले सुरक्षित पिउनेपानी प्रयोग गर्न पाएका हुन्। फाउन्डेसनको आर्थिक सहयोग र जनश्रमदान गरी करिब ४५ लाखको लागतमा निर्माण सम्पन्न भएको खानेपानी शनिबार मेयर नाम्गेल जाङ्बु शेर्पा र प्ले फर नेपाल फ्रान्सका प्रतिनिधि आलिभर ग्यान्जरले संयुक्त रूपमा रिवन काटेर र धाराको पानी पिएर उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै मेयर शेर्पाले नगरको विकासमा सहयोग गरेकोमा मोनभिसो नेपाल फाउन्डेसनलाई धन्यवाद दिए।

उनले पानीको पहुँच पुगेपछि कृषिमा सम्भावना देखिएकाले आगामी वर्ष कृषिका विविध योजना सञ्चालनका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए। वडाध्यक्ष छोङ्बा लामाले वडाको आगामी दिनमा पनि सामुदायिक विकासमा हातेमालोको अपेक्षा राखे। होर्सिङ्गा मुहानबाट ल्याइएको पानी व्यवस्थित हुनुपूर्व फुलेलीका नागरिकले खोलाको पानी बोकेर प्रयोग गर्दै आएका थिए। घरघरमा पानीको पहुँच पुगेपछि चर्पीको प्रयोग, सरसफाइ र कृषि उत्पादनमा सहयोग पुग्ने सर्वसाधारणले प्रतिक्रिया दिएका छन्। खानेपानी उद्घाटन कार्यक्रममा भुमेस्थान सामुदायिक संस्थाका अध्यक्ष चतुरमान खालिङको अध्यक्षतामा सम्पन्न गरिएको हो।

खानेपानी परियोजनाको दिगोपनाका लागि एक लाख रकमको अक्षयकोष स्थापना गरिएको छ। मनभिसो नेपाल फाउन्डेसनका कोषाध्यक्ष ल्हाक्पा तेम्बा शेर्पा र प्याराग्लाइडिङका राष्ट्रिय खेलाडी तेम्बा लामाले अक्षय कोषका लागि एक लाख रुपैयाँ सहयोग गरेको वडा सदस्य उत्रमान राईले जानकारी दिए।

प्रकाशित: २३ वैशाख २०७६ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App