coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपत्तिले ल्याएको विकास

सिन्धुलीको फिक्कल गाँउपालिका २ मा बनेको श्रीमाध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डिभन्ज्याङको नवनिर्मित विद्यालय भवन। तस्विर अनिल भण्डारी/नागरिक

सिन्धुली– शनिबार फिक्कल गाँउपालिका २ पोखरीस्थित सुम्नाम सुन्तले चण्डिभन्ज्याङ पुग्दा तामसाझामका साथ विद्यालय भवन हस्तान्तरण हुँदै थियो। एसियाली विकास बैकको ८८ प्रतिशत ऋण सहयोगमा बनेको उक्त भवन पुरानो भवनको तुलनामा निकै सुन्दर थियो। माटो ढुङगाको गाह्रो भएको सामान्य भवनमा पठनपाठन भइरहेको विद्यालयको मुहार भुकम्पले फेरेको हो।

२०७२ साल बैशाख १२ र २९ गते विनाशकारी भुकम्प जाँदा चर्किएको विद्यालय भवनले नसोचेको उपहारको रुपमा नयाँ व्यवस्थित भवन पाएको छ। एसियाली विकास बैकको ८८ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १२ प्रतिशत गरी कुल पाँच करोड २४ लाख २५ हजार पाँच सय आठ रुपैयाँ बजेटबाट निर्माण भएको हो।

चारओटा विल्डिङमा १४ कोठाको सुविधा सम्पन्न विद्यालय भवन पाउँदा शिक्षक विद्यार्थीनै फुरुङ देखिन्थे। साँघुरो र जोखिमयुक्त भवनबाट सुविधा सम्पन्न व्यवस्थित भवन निर्माण पुरा भएपछि विद्यालयले तामझाम सहित उद्घाटन गरेको थियो। विद्यालयको उद्घाटन तथा साँचो हस्तान्तरण राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए।

फिक्कल गाँउपालिकाकै ३ नम्बर वडामा रहेको श्री माध्यमिक विद्यालय रातमाटा खोलागाँउको भवन पनि उस्तै सुविधा सम्पन्न निर्माण भई शुक्रबार मात्रै हस्तान्तरण भएको छ। उक्त विद्यालयको कुल लागत पाँच करोड २३ लाख १५ हजार २ सय ६४ रुपैयाँ रहेको विद्यालयले जनाएको छ। साघुरो पानी चुहिने भवनबाट विद्यालय व्यवस्थित भवनमा सर्दा त्यस विद्यालयका शिक्षक विद्यार्थी पनि खुसी देखिन्थे। विकट गाँउमा सुन्दर भवन निर्माण हुँदा गाउँकै मुहार फेरिएको एक स्थानियले बताए।

भुकम्पले पु-याएको क्षति विद्यालय भवनको लागि अवसर भयो, उनले भने–‘गाँउमा यस्तो विद्यालय भवन निर्माण होला भन्ने हामीले सोचेका थिएनौ।’ नवनिर्मित विद्यालय भवन अत्याधुनिक सुविधा सहितको छ। कम्प्युटर कोठा, ल्याब कोठा प्राथमिक उपचार कक्ष, विद्यालयका प्रधानध्यापक तथा शिक्षकका कार्यालयका कक्षाकोठा, व्यवस्थित शौचालय लगायत सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएपछि स्थानीय समेत दङग छन्।

भुकम्पको क्षति विद्यालय भवनको लागि अवसरको रुपमा आएको छ। तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले भने–‘एडिबीको ऋण सहयोगमा बनेका विद्यालय सुविधासम्पन्न विद्यालय भएका छन्, यो क्षतिलेनै सिकाएर आएको अवसर हो।’ उनले भुकम्पले तत्कालिन अवस्थामा क्षति पु-याए पनि हाल विद्यालय भवनका लागि अवसरकै रुपमा आएको बताए। सिन्धुली निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद गणेश पहाडी विद्यालय भवनहरु अत्याधुनिक निर्माण भएको बताउछन्।

जिल्लामा रहेको पाँच सय ७७ विद्यालयमध्ये विनाशकारी भुकम्पबाट ५ सय १३ विद्यालय प्रभावित भएको सरकारी तथ्याङक छ। जसमध्ये ४५ ओटा विद्यालय पुर्ण रुपमा माटोमै मिलेको थियो भने बाँकी विद्यालयहरु चर्कने तथा पठनपाठनका लागि असुरक्षित भएको थियो।

भुकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण हुने क्रममै छ, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई, जिल्ला आयोजना कार्यन्वयन इकाई(शिक्षा)का प्रमुख डम्बरध्वज आङगदेम्बेले भने १ सय ४७ विद्यालय भवन पुर्ण रुपमा सम्पन्न गरिसकेकाे बताए। उनले २ सय ७५ ओटा विद्यालय भवन निर्माणधिन रहेको  जानकारी दिए।

क्षतिग्रस्त विद्यालय भवनको तथ्याङक अनुसार २६ सय ६७ ओटा कक्षाकोठामा भुकम्पले क्षति पु-याएको थियो। ५ सय ५१ ओटा कक्षाकोठा भुकम्प प्रतिरोधी बनिसकेको उनले जनाए। अहिले बनेका विद्यालय भवन पहिलाका जस्ता कच्चा नभएर व्यवस्थित तथा सुन्दर भवन बनेको उनले जनाए। ‘व्यवस्थित पक्कि विल्डिङ बनेका छन्, उनले थपे भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको एसियाली विकास बैक, नेपाल सरकार, नेपाल रेडक्रस सहित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले निर्माणको जिम्मा लिएका छन्।

१२ कोठेदेखि २१ कोठेसम्मका भवन एडिवीको ऋण सहयोगमा बन्ने भएको कार्यालयले जनाएको छ।  २६ ओटा एडिवीको सहयोगमा बन्ने भनव अत्याधुनिक र सुविधा सम्पन्न बन्ने कार्यालय प्रमुख आङगदेम्बेले जनाए।  १ सय ९९ ओटा, जिल्ला आयोजना कार्यन्वयन इकाई(शिक्षा), १३ ओटा शिक्षा समन्वय इकाईले बनाउने जिम्मा लिएका हुन्, इकाई प्रमुख आङगदेम्बेले नागरिकसँग भने, सोही अनुसार विद्यालय भवन धमाधम बन्दै छ।

प्रकाशित: २२ वैशाख २०७६ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App