८ वैशाख २०८१ शनिबार
अन्य

६ दशकपछि सडकको स्तरोन्नति

स्तरोन्नति हुन् लागेको हुलाकी सडक। तस्बिरः नागरिक

कपिलवस्तु– विकासको मेरुदण्डका रूपमा रहेको हुलाकी सडक कालोपत्रे हुने भएको छ। निर्माण भएको ६ दशकपछि कपिलस्तुमा हुलाकी सडक कालोपत्रे हुने पक्का भएको हो।

हुलाकी राजमार्ग निर्देशनालयले हुलाकी सडक पक्की बनाउने ठेक्का आह्वान गरेको छ। हुलाकी राजमार्गको गोरुसिंगेस्थित सम्पर्क कार्यालयका प्रमुख ईश्वरबहादुर रिजालले कपिलवस्तुमा हुलाकी राजमार्ग सडकलाई कालोपत्रे गर्न ३ खण्डमा टेन्डर आह्वान गरिएको बताए। तौलिहवाको जुमुहारदेखि बहादुरगन्ज सडकको बीचमा पर्ने १५ किलो मिटरलाई एक खण्ड गरिएको छ। यस्तै त्यस पछि बहादुरगन्ज सडकखण्डको १७ किलो मिटरलाई अर्को तथा त्यसपछि शिवगढीको लोहरौलासम्म १८ दशमलव ५ किमीका लागि टेन्ड निकालिएका हो। प्रमुख रिजालका अनुसार ३ वर्षभित्र सडक निर्माण कार्य सम्पन्न हुनेछ। सडक डबल लेनको हुनेछ।  

कपिलवस्तुमा हुलाकी राजमार्ग सडकलाई कालोपत्रे गर्न ३ खण्डमा टेन्डर आह्वान गरिएको छ।


हुलाकी सडक जिल्लामा भएका विभिन्न चुनावहरूमा प्रमुख ऐजेन्डमा परे पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन। जिल्लाका नेता बृजेशकुमार गुप्ता, अभिषेका प्रताप शाह, ईश्वर दयाल मिश्र, अतहर कमाल, दीपकुमार उपाध्यायलगातयका नेताको लामो प्रयासपछि हुलाकी सडक कालोपत्रे हुन् लागेका हो। सडक कालोपत्र नहुँदा यात्रुहरूले सास्ती भोग्न बाध्य छन्। सडक निर्माणका विषयमा पटकपकट राजनीतिक बहस बन्ने गरेको यो सडक बल्ल कालोपत्रे हुन् लाग्दा यहाँका बासिन्दा खुसी भएका छन्।

कपिलवस्तु यातायात व्यवसायी समितिका अध्यक्ष सन्तोष हमालले ढिला भए पनि राम्रो काम भएको बताए। ‘हुलाकी सडक एम्बुस जस्तै छ, अब पक्की भयो भने सबैलाई आउजाउ गर्न सजिलो हुन्छ,’ उनले भने। बाटो कालोपत्रे भएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगरसँग पनि व्यापार व्यवसाय विस्तार गर्न सजिलोे हुने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयाद्दिन कुर्मीले बताए। हालाकी राजमार्गको सो सूचनासँगै खैरेन्द्रपुरदेखि कर्मासम्म १८ किलोमिटर समेतको टेण्डर निकालिएको छ।

प्रकाशित: २२ वैशाख २०७६ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App