बलात्कार आरोपमा प्रहरी पक्राउ

आइतबार, २२ बैशाख २०७६, ११ : ०२ अमर खड्का

इटहरी– मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन्। सुनसरीकै बर्जु गाउँपालिका वडा नं.५ घर भएका ३५ वर्षीय सहिंसा चौधरी पक्राउ परेका हुन्।

उनीविरुद्ध जबरजस्ती करणी गरेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय इटहरीमा परेपछि जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले जनाए। उनका अनुसार पक्राउ परेका चौधरीको अनुसन्धान थालिएको छ।

घटनाक्रम अनुसार, इटहरी वडा नं. १२ मा डेरा गरी बस्ने ३० वर्षीया विवाहित महिला साथीसँग तीन दिनअघि सोनापुरमा लाग्ने मेलामा गइन्। दुवै महिला अरिहन्त जुट मिलमा कार्यरत रहेकाले गर्दा बजार जाँदा होस् वा अन्य कुनै काम पर्दा प्रायः सँगै हिँड्डुल गर्ने गर्थे। दुवै जना महिला एउटै घरमा अलग–अलग डेरा लिएर बस्छन्।

मेलामा जाँदा पीडित महिलासँग गएकी साथीको प्रहरी जवान चौधरीसँग चिनजान रहेछ। साथीले चौधरीसँग चिनजान गराइन्। अनि, दुवै जना मेलामा किनमेल गरेर फर्किए। डेरामा फर्किएको केही समयपछि प्रहरी जवान ती महिलाकै कोठामा आइ पुगे। ती महिलाले ठानिन्, ‘केही समयपछि त जालान!’ तर, उनी गएनन्। घरमा आएको रातिको पाहुना भनेर ती महिलाले खाना खुवाइन, त्यसपछि त जालान भन्ने सोचिन्। तर, चौधरी महिलाप्रति कुदृष्टि राखेर आएका रहेछन्, महिलामाथि जबरजस्ती करणी गरे।

महिलाले भोलिपल्ट प्रहरी कार्यालयमा पुगेर उजुरी दिइन, त्यसपछि अदालतको अनुमति लिएर पक्राउ गरिएको हो। पीडित महिलाका पति विदेश गएका छन्। उनका पाँच वर्षका छोरा छन्। पक्राउ परेका सशस्त्र प्रहरीका जवान चौधरीले प्रारम्भिक अनुसन्धानका क्रममा जबरजस्ती करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

सुनसरीमा साउनयता ८२ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। साउनदेखि वैशाख १८ गतेसम्म  जबरजस्ती करणी उद्योगमा १२ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकीकरणले गर्दा महिलामाथि जबरजस्ती करणीका घटना बढ्दो भएको हो।

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ। बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नशालु पदार्थ खुवाएर त कतिपयले ललाई फकाइ प्रलोभनमा पार्ने गरेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad