coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

थाइल्याण्ड उद्धारको सिरिज बनाउँदै नेटफ्लिक्स

बैंकक – गत वर्ष थाइल्याण्डको उत्तरी गुफाबाट उद्धार गरिएका फुटबल प्रशिक्षकसहित १२ खेलाडीका बारे छोटो सिरिजको शृंखला निर्माण गर्न नेटफ्लिक्सले अधिकार सुरक्षित गरेको छ। गत वर्षको जुलाईमा थाइल्याण्डको वाइल्ड बोर्स फुटबल टिमका सदस्यहरू बाढीका कारण गुफामा दुई हप्ता थुनिएपछि विश्वभरका सञ्चारमाध्यममा प्रमुख समाचार बनेको थियो।

९० जनाको उद्धार विशेषज्ञको टोलीले दुई हप्ताको अनवरत प्रयासपछि उनीहरूको उद्धार गरेको थियो। उद्धारको आठ महिना पछि उद्धारमा संलग्न विशेषज्ञहरूको उद्धार अनुभवका आधारमा नेट्फ्क्सिले मिनी सिरिज बनाउन लागेको हो।
यो मिनीसिरिजको निर्देशन ‘क्रेजी रिच एसियन’का निर्देशक जोन एम चु र नटवुट ‘बाज’ पुनपिरियाले गर्नेछन्। ‘सिरिजमा राखिएका कथाले धेरै अनौठा स्थानीय र सार्वभौमिक विषयहरूलाई प्रस्तुत गर्नेछ।

गत वर्षको जून २३ मा ११ वर्षदेखि १६ वर्ष उमेरका खेलाडी र २५ वर्षका फुटबल प्रशिक्षक चिआङ राय नामक गुफामा बाढीका कारण बन्धक बनेका थिए। उनीहरूको उद्धारमा झन्डै १७ दिनसम्म विश्वका विभिन्न स्थानबाट आएका उद्धारकर्ताहरू खटिएका थिए।

जसले विश्वभरका मानिसको जीवनयात्रालाई एकापसमा जोड्नेछ’, नेटफ्लिक्सका इरिका नर्थले भनेकी छन्, ‘थाइल्याण्ड नेटफ्लिक्सका लागि महत्वपूर्ण बजार हो। हामी यो सिरिजमार्फत थाइल्याण्डको स्थानीय बजार विस्तार गर्न चाहन्छौं। सँगै विश्वव्यापी रूपमा आएका जीवनका गुनासालाई पनि प्रस्तुत गर्नेछौं।’

गत वर्षको जून २३ मा ११ वर्षदेखि १६ वर्ष उमेरका खेलाडी र २५ वर्षका फुटबल प्रशिक्षक चिआङ राय नामक गुफामा बाढीका कारण बन्धक बनेका थिए। उनीहरूको उद्धारमा झन्डै १७ दिनसम्म विश्वका विभिन्न स्थानबाट आएका उद्धारकर्ताहरू खटिएका थिए। यो उद्धार कार्यमा थाइल्याण्डका पूर्व नेभी चालक समन गुनानको अक्सिजनका कमीका कारण निधन भएको थियो। उनी गुफामा रहेका अन्य उद्धारकर्मीलाई अक्सिजनको टयांक पठाउन सक्रिय थिए।

समूहका सहायक प्रशिक्षक एकपोल ‘एकी’ चान्टापोङ’ले सिरिजको कथालाई सत्य र तथ्यपरक बनाउन खेलाडी तथा प्रशिक्षकको उद्धारमा सक्रिय सबै उद्धारकर्ताको कुरा सुन्ने बताए। यो उद्धारलाई लिएर दुई पुस्तक प्रकाशन भइसकेका छन्। यही विषयलाई लिएर ब्रिटिस– थाइ निर्देशक टोम वालरले ‘द केभ’ नामक फिल्म पनि निर्माण गरेका छन्। जुन फिल्मको गत डिसेम्बरमा छायांकन सकिएको थियो।

प्रकाशित: २२ वैशाख २०७६ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App