७ वैशाख २०८१ शुक्रबार
समाज

वन तथा वातावरण संरक्षण गर्न माग

सोलुखुम्बु – प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार सांसद राईले संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी हिमाली जिल्ला सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कार्यक्रम डिजाइन गर्न आग्रह गरेका हुन्।

उनले सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लामा जलवायु परिवर्तनको असर वर्षेनी बढ्दै गइरहेकाले वातावरण संरक्षणमा केन्द्रीय सरकारले ध्यान दिनुपर्ने बताए। ‘जिल्लामा एक हजारभन्दा बढी मेगावाटका हाइड्रोपावर सञ्चालनमा रहेकाले पनि वन तथा वातावरण जोखिममा परेको छ,’ सांसद राईले भने, ‘ती प्राकृतिक सम्पदाको संरक्षणका लागि पनि ठोस कदम चाल्नुपर्छ।’

समयमै वातावरण संरक्षणमा चासो नदेखाए पछुताउनुको विकल्प नहुने उनको भनाइ छ। मन्त्रीसँगको भेटमा नेकपाका प्रदेश सदस्य धु्रव शर्मा पराजुली र रिपोटर््स क्लब प्रदेश संयोजक भानुभक्त निरौलासमेत सहभागी थिए।

प्रकाशित: २२ वैशाख २०७६ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App