coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सोलुका स्थानीय तहमा पोस्टमार्टमको सास्ती

सोलुखुम्बु - गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामीण सडक पुगे पनि सोलुखुम्बुका नागरिकले अझै पनि पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको छ। जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा भएकाले लाखौं तिरेर हेलिकोप्टरमार्फत लास जिल्ला सदरमुकाम तथा राजधानीसम्म लैजानुपर्ने बाध्यता रहिआएको छ। आत्महत्यासहित शंकास्पद मृत्युपछि पोस्टमार्टम अनिवार्य हुनु र जिल्लाभर जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा सञ्चालनमा रहेकाले दुर्गम भेगका नागरिकले पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको हो।

नागरिकसँगै प्रहरीले पनि सास्ती खेप्नुपरेको प्रहरी निरीक्षक उत्तम कार्कीले बताए। जिल्लाका सोताङ र महाकुलुङ गाउँपालिका, डाँडापारिको गाउँपालिका लिखुपिके र खुम्बु क्षेत्रका नागरिकले पोस्टमार्टमका लागि लाखौं खर्चनुपर्ने बाध्यता रहेको उनले जनाए। घन्टौंसम्म लास बोकेर यातायात सञ्चालित क्षेत्रसम्म ल्याउनुपर्ने भएकाले समस्या भएको उनको भनाइ छ। स्थानीय तहले नागरिककै सेवाका लागि पोस्टमार्टम गृह निर्माणका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए।

खुम्बुमा पोस्टमार्टम सेवा नहुँदा हेलिकोप्टर चार्टर गरी राजधानी र लिखुपिके गाउँपालिकाका नागरिकले सल्लेरीभन्दा नजिक र सहज पर्ने भएपछि रामेछाप र सिन्धुली लगेर लास पोस्टमार्टम गराउने गरेका छन्। खुम्बु क्षेत्रमा पोस्टमार्टम सेवा सञ्चालनका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले छलफल अघि बढाएको बताएको छ। गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने, ‘निकोलनिक्की हस्पिटलसँगको सहकार्यमा पोस्टमार्टम सुरु गर्ने कि भन्ने विषयमा छलफल सुरु भएको छ। हामीले नागरिकको समस्या बुझेका छौं।’

प्रकाशित: २२ वैशाख २०७६ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App