७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालमा पाँचौंपटक एनवाइइएफको लिडर प्रोजेक्ट आयोजना

काठमाडौं – नेपाली युवा उद्यमीहरुको संगठन (एनवाइइएफ) र लिडर प्रोजेक्टको साझेदारीमा आयोजना गरिएको दुई हप्ते व्यावसायिक कार्ययोजना विकास, पाँचौंपटक नेपालमा आयोजना गरिएको छ।

यसमा एनवाइइएफले अप्रिल २२ देखि मे ३सम्म सञ्चालन गरिएको थियो। जसमा आइवे बिजनेस स्कुल, वेस्टर्न युनिभर्सिटीका विद्यार्थीको सहभागिता रहने बताइएको छ। यसको उद्देश्य भनेको व्यावसायिक तालिमबाट आर्थिक विकासमा वृद्धि गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा ४० जनाको सहभागिता रहेको लिडर प्रोजेक्टमा आइवेका प्रतिष्ठित प्रशिक्षकद्वारा तालिम दिइएको बताइएको छ। यो विश्वकै उच्चस्तरको व्यावसायिक संगठन हो।
 

प्रकाशित: २२ वैशाख २०७६ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App